नयाँ दिल्ली । दुईदिने भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबिच नयाँ दिल्लीमा भेटवार्ता सुरु भएको छ।
आइतबार साँझ प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकरबिच भेटवार्ता सुरु भएको हो।
नयाँ दिल्लीस्थित ताजमहल होटलमा उनीहरूबिच भेटवार्ता भइरहेको छ। आजै अपराह्न नयाँ दिल्ली आइपुगेका प्रधानमन्त्री शाहले भेटका क्रममा द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल गरिरहेका छन्।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ७ र ८ गते (नोभेम्बर २२–२३) दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका हुन्। भ्रमणका क्रममा उनले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट र भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ।
तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)
सम्बन्धित समाचार
नवनियुक्त चार न्यायाधीशद्वारा शपथग्रहण
प्रधानमन्त्री शाह भारत भ्रमणबाट फर्किएलगत्तै स्थानीय तह निर्वाचन मिति घोषणा हुने
उमेश श्रेष्ठका भाइ महेशविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
दुई पूर्वमन्त्री र पूर्वसचिवसहित छ जना पक्राउ
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी, अरु को-को तानिँदैछन् ?
ईनम सापकोटालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
काँग्रेसको आधिकारिकता आफ्नो पक्षले पाउनेमा देउवाको विश्वास
यी हुन्- प्रधानमन्त्री बालेनसँग भारत प्रस्थान गर्ने ३५ सदस्यीय प्रतिनिधिमण्डल






