झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ऋणात्मक बन्द भएको छ। गत शुक्रबार सामान्य अंक घटेर बन्द भएको नेप्सेमा आज भने झिनो सुधार देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.२६ अंक बढेर २६२३.५६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.५१ अंक, फ्लोट इण्डेक्स ०.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक बढेको छ।

१३ मध्ये चार उपसमूहको परिसूचक बढेको छ । बैंकिङ, विकास बैंक, लगानी र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। 

नेप्से बढे पनि कारोबार रकम भने सामान्य घटेको छ। गत शुक्रबार तीन अर्ब ८८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३६० स्टकको ४२ हजार ८५४ पटकको कारोबारमा तीन अर्ब ८२ करोड ७६ लाख ६ हजार रुपैयाँबराबरको एक करोड ८ लाख २६ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज ग्लोबल आइएमई बैंकको १५ करोड ९३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। लक्ष्मी सनराइज बैंकको करिब १३ करोड र एनआईसी एशिया बैंकको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ।

आज मेन्छियाम हाइड्रोपावरको सेयरमूल्य १०.५८ प्रतिशत बढेको छ। माउन्टेन हाइड्रो र बुंगल हाइड्रोको सेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। 

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट