निर्वाचन आयोगले अद्यावधिक गर्‍यो कांग्रेसको नयाँ कार्यसमिति

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमिति निर्वाचन आयोगले अध्यावधिक गरेको छ । 
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले १५औँ महाधिवेशनबाट आएको सीमित अध्यावधिक गरिएको जानकारी दिए । ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट आएको पदाधिकारी र विधान अद्यावधिक गर्ने निर्णय आयोगको हिजोको बैठकले गरिसकेको छ,’ उनले भने।

१५ औं महाधिवेशनबाट गगन थापा नेतृत्वमा २३१ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो। त्यसपछि कात्तिक १६ गते महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, समसामयिक राजनीतिक दस्तावेज तथा महाधिवेशनका निर्णयहरू आयोगमा उपलब्ध गराउँदै अद्यावधिकका लागि निवेदन दिएका थिए।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

epaper

ताजा समाचार

लालपुर्जा वितरणका लागि धनगढीका ५ वडाको विवरण जिल्ला समितिमा पठाइयो