नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार नजिक

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणवाट ज्यान गुमाउनेको संख्या एघार हजार नजिक पुगेको छ । बुधबारसम्म १० हजार ९ सय ९१ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा सबैभन्दा बढी ६० देखि ६९ वर्ष उमेर समूहका व्यक्तिहरू रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउछ । मन्त्रालयका अनुसार सो उमेर समूहका २ हजार ३ सय २१ जनाको मृत्यु भएको छ ।

सबैभन्दा कम ९ वर्षसम्मका बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुने बालबालिकाको संख्या ४७ रहेको छ । ७० देखि ७९ वर्षका २ हजार १ सय ६०, ५० देखि ५९ वर्षका २ हजार १ स य ४६ र ४० देखि ४९ वर्षका १ हजार ५ सय ६८ जनाले ज्यान गुमाएका छन । ८० वर्ष माथिका १ हजार ४ सय ४७, ३० देखि ३९ वर्षका ८ सय ९१, २० देखि २९ वर्षका ३ सय ४६ र १० देखि १९ वर्षका ५३ जनाको मृत्यु भएको तथ्यांक छ । मन्त्रालयका तथ्यांक अनुसार १२ जना मृतकको चाहिँ उमेर समूह खुलेको छैन ।

खोप पाउनेको संख्या बढेपछि पछिल्ला दिनमा संक्रमित र मृत्यु हुनेको संख्या घढेको छ । हालसम्म नेपालमा ८ लाख ६८ हजार ६ सय ६५ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । तिमध्ये हालसम्म नेपालमा ७ लाख ४३ हजार ५ सय २६ जना संक्रमणमुक्त भइसकेका छन । सक्रिय संक्रमितको संख्या २६ हजार ३ सय ३ जना रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

epaper

ताजा समाचार

देउवा समूहको बैठकः असोज १५ मा वडा अधिवेशन प्रस्ताव