नेपाल लाइफ २२औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पूरा गरी २२औं वर्षमा प्रवेश गरेको छ । कम्पनी २०५८ साल वैशाख २१ गते स्थापना भई बिमित तथा सेवाग्राहीलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ । देशका दुरदराज, कुनाकन्दरासम्म बिमाको पहुँच पु¥याउँदै मानिसको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम गर्दै आममानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र सर्वाधिक विश्वासिलो लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीले जनाएको छ ।

२२औं वार्षिकोत्सवको अवसरमा नेपाल लाइफले देशभरि विभिन्न ९ ठाउँमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान जीवन दान’ भन्ने अभिप्रायले पे्ररित उक्त कार्यक्रममा अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी जम्मा ३ सय २ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ ।

सो अवसरमा कम्पनीमा अविछिन्न रूपमा दुई दशक तथा एक दशक सेवा गर्ने कर्मचारीलाई प्रशंसापत्रका साथ सम्मान गरेको छ । कम्पनीको प्रधान कार्यालय तथा विभिन्न क्षेत्रीय, शाखा, उपशाखा कार्यालयले वार्षिकोत्सवलाई भव्य बनाउन अन्य गतिविधि तथा कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

epaper

ताजा समाचार

करार कर्मचारी हटाउने तयारीको विरोधमा मन्त्रालयको गेटमा धर्ना