जिसस कपिलवस्तुको प्रमुखमा गोलाप्रथाबाट एमालेका आचार्य विजयी


कपिलवस्तु । जिल्ला समन्वय समिति कपिलवस्तुको निर्वाचनमा प्रमुखका उम्मेदवारले बराबर मत प्राप्त गरेपछि गोला प्रथाबाट नेकपा एमालेका बाबुराम आचार्य निर्वाचित भएका छन् । यसअघि भएको मतदानमा दुबै उम्मेदवारले १० १० मत प्राप्त गरेपछि गोला प्रथाबाट नेतृत्व चयन गरिएको हो ।

यस्तै उपप्रमुख पदमा एमाले, लोसपा, राप्रपा गठबन्धनका रमेश कुर्मी निर्वाचित भएका छन् । मत बराबर भएपछि जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुख र ७ जना सदस्यको गोला तानेर परिणाम आएको हो । जसअनुसार कांग्रेस माओवादी र जसपा गठबन्धनका कांग्रेसकी सुनिता चमार माओबादी केन्द्रका राजेन्द्र प्रसाद कुर्मी, कांग्रेसका मनोहर धुनिया र जसपाका रामु अहिर सदस्यमा निर्वचित भएका हुन् । यस्तै गरी सदस्यमा गोलाबाट एमालेकी सकुन्तला भन्डारी ,सुमित्रा दमै र जसपा कि शन्ध्या पौडेल खाँ निर्बाचित भएका छन् । १० र १० मत आएर दुबैको परिणाम समान भएको हो ।

जिसस कपिलवस्तुको निर्वाचनमा कांग्रेसले जनता समाजवादी पार्टी जसपा नेपाल र नेकपा माओवादी केन्द्र संग गठबन्धन गरेको थियो भने एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा बीच चुनावी तालमेल गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 355 times, 1 visits today)

epaper

ताजा समाचार

आजको विनियमदर : चिनियाँ युआन मजबुत बन्दा अमेरिकी डलर र जापानी येन कमजोर, थाई भाट स्थिर