हाम्रो पात्रोले थाल्यो ई–लर्निङ प्याल्टफर्म

काठमाडौं । एप हाम्रो पात्रोले नयाँ फिचरका रूपमा ‘हाम्रो लर्निङ सेन्टर’ थालेको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले ‘डिरयवाक’ सिफल स्कुलसँगको सहकार्यमा बिटा भर्सनका रूपमा यो सुविधा ल्याएको हो ।

विद्यार्थी र गुणस्तरीय शिक्षाबीचको दूरी ‘हाम्रो लर्निङ सेन्टर’ले कम गर्ने विश्वास सञ्चालकको छ । स्रोत र साधन अभावमा अधिकांश विद्यार्थी गुणस्तरीय शिक्षाबाट बञ्चित हुनुपरेको अवस्था, समयमै पाठ्यपुस्तक उपलब्ध नहुने र उचित मार्गदर्शन गर्ने शिक्षक अभाव मध्यनजर गर्दै यो सेवा सुरु गरिएको छ ।

यो प्रविधिले यावत् समस्यामा पुलको भूमिका निर्वाह गर्ने हाम्रो पात्रो इंकका फाउन्डर सीईओ शंकर उप्रेती बताउ“छन् ।

‘यो लर्निङ सेन्टरले नेपालको शिक्षामा सकारात्मक परिवर्तन गर्दै आममानिसको पहुँच पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं,’ उनी भन्छन्, ‘सेन्टरलाई समयअनुकूल परिमार्जन गर्दै लैजाने र सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रविधिका माध्यमबाट उपलब्ध गराउन कदम चाल्दै जाने योजना छ ।’

राजधानीमा एक समारोहबीच हाम्रो पात्रोका सीईओ उप्रेती र डियरवाक सिफल स्कुल अध्यक्ष हितेश कार्कीबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

स्कुल अध्यक्ष कार्कीले हाम्रो पात्रोसँगको सहकार्यमा ‘फ्लिप्ड क्लास’ अझ फराकिलो विद्यार्थी समुदायसमक्ष पु¥याउन पाउँदा आफू उत्साहित भएको सुनाए ।

‘हाम्रा कक्षा धेरै विद्यार्थीमाझ लोकप्रिय छन्, हाम्रो पात्रोमा शैक्षिक सामग्री उपलब्ध हुँदा अझ धेरै विद्यार्थी लाभान्वित हुने आश लिएको छु,’ उनले भने, ‘हाम्रो पात्रो यसका लागि सर्वोत्तम माध्यम हुने विश्वास लिएको छु ।’

लर्निङ सेन्टरका माध्यमबाट विभिन्न शैक्षिक संस्थाले सजिलै शैक्षिक सामग्री उपलब्ध गराउन सक्छन् । हाललाई डियरवाक सिफल स्कुलका लेक्चर सबै विद्यार्थीले निःशुल्क अध्ययन गर्न सक्ने जनाइएको छ ।

यसमा कक्षा ४ देखि ११ सम्मका विभिन्न विषयका शैक्षिक भिडियो उपलब्ध छन् । बाँकी आवश्यक लेक्चर, सम्बन्धित विषयका प्रश्न, क्विज आगामी दिन थपिँदै जाने भएको छ ।

हाम्रो पात्रो एपले सन् २०१० देखि नै प्रवासी नेपालीलाई मातृभूमिसँग र आफ्नै देशभित्र फरकफरक स्थानमा बस्ने नेपालीलाई परिवारसँग र सम्पूर्ण नेपालीलाई आपसमा संस्कृति र परम्पराका माध्यमबाट जोड्दै आएको छ ।

त्यस्तै, समाचार, रेडियो, ज्योतिष, रेमिट्यान्स, इकमर्स, डिजिटल स्वास्थ्यजस्ता सेवा समयानुकूल थप्दै आएको उसले जनाएको छ ।

सन् २०१६ मा स्थापना भएको डियरवाकले विद्यार्थीलाई भाषा, गणित र विज्ञान विषयमा सुदृढ शैक्षिक ज्ञान सँगाल्दै अघि बढ्न सहायता पु¥याउन प्रतिबद्ध रहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 299 times, 1 visits today)

epaper

ताजा समाचार

आगजनीपछि बन्द भएको भाटभटेनी एक वर्षपछि खुल्यो