निगम अध्यक्ष अधिकारीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सरकारका अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अघिल्लो पर्यटनमन्त्री प्रेम आलेले नियुक्ति र हटाएका श्रेष्ठको कार्यकाल बाँकी रहेको देखिएकाले हटाउने निर्णय कार्यान्वयन नगर्न भनेको हो ।

सरकारले ६ असारमा अधिकारीलाई निलम्बन गर्ने निर्णय मन्त्रिपरिषद्बाट गरेको थियो । सर्वोच्चले अधिकारीलाई नियुक्तिपत्रमा उल्लेखित पदमा पूर्ववत् काम गर्न दिनसमेत भनेको आदेश दिएको छ । अर्को छलफलसम्मका लागि सर्वोच्चले बिहीबार यस्तो अल्पकालीन आदेश जारी गरेको हो । सरकारले आफूलाई पदावधि नसकिँदै हटाएको भन्दै अधिकारी सर्वोच्च पुगेका थिए ।

मन्त्रिपरिषद्ले अधिकारीलाई हटाउँदै सो जिम्मेवारी दिपु ज्वारचनलाई दिएको थियो । सरकारले अधिकारीलाई सुरुमा चार वर्षका लागि नियुक्ति दिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

सुगन्ध हराउँदै रैथाने बासमतीमा, खेतमा हाइब्रिडको वर्चस्व