ज्ञानेन्द्र र सन्तोषको फूल हौ तिमी विमोचित

काठमाडौं । अन्तराष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवम् गीतकार ज्ञानेन्द्र गदालले आफ्नो नयाँ गीत फूल हौ तिमी…को भिडियो काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरेका छन् । समारोहमा अग्रज संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजित बासकोटाले विमोचन गरेका हुन् ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका ज्ञानेन्द्र प्रभावशाली गीतकार भएको र आफु अमेरिकामा बसेर पनि उनले नेपाली गीत सृजना गरेर दर्शकलाई पस्कँदै आएको अग्रज संगीतकार बासकोटाले कार्यक्रममा बताए ।

बिमोचन कार्यक्रम आयोजक संस्था गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाले तीन दशकदेखि गीत लेखनमा योगदान दिँदै आएको बताए । ज्ञानेन्द्र गदालको गीत लेखन यात्रा’bout कार्यक्रममा गीतकार संघ नेपालका उपाध्यक्ष रमेश कोईरालाले कार्यक्रममा प्रकाश पारे ।

कार्यक्रममा गदालको गीति यात्रा र नयाँ गीत फुल हौ तिमीको’bout गदालको वहिनी एवम् गीतकार सावु गदाल कार्की, गायक तथा संगीतकार कन्हैया सिंह परियार, चलचित्र निर्देशक माधब राज खरेललगायतले चर्चा गरे ।

सन्तोष श्रेष्ठको संगीत रहेको यो गीतमा निशान भट्टराई र अश्मिता अधिकारीको स्वर रहेको छ । दीपेन्द्र नेवाको सङ्गीत सँयोजन रहेको यो गीतमा मिक्सिङ्ग र मास्टरिङ्ग प्रकाश मिश्रले गरेका हुन् । सौरभ तुलाधरको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा निकेश धामी र श्रद्धा अधिकारीको अभिनय छ । अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको यो गीतको भिडियो न्युयोर्कको मोक्तान डिजिटलले निर्माण गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 119 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग