प्रभु साहले भने, ‘ओली सरकार १०० दिनमा राज्यको ढुकुटी लुटने काममा सफल’

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको बताएका छन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रमका बीचमा आजपा अध्यक्ष साहले ओली नेतृत्वको सरकार जनताको आवश्यक्ता र चाहना अनुसार काम गर्न नसकेर असफल भएको दाबी गरेका छन् । वर्तमान सरकार विपक्षी दलहरुलाई तर्साउने र फुटाउने खेलमा लागेको आरोप लगाए । नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकारको एक सय दिनको समिक्षा गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘यो सरकार भ्रष्टाचारी र विचौलियालाई जोगाउने काममा लागेको देखियो । विकास होईन उल्टै जनतालाई ऋण बोकाउने काममा लागेको देखियो । बाढि, पहिरोलगायतका प्राकृतिक विपत्तिमा सरकार राहत नभनेर पीडित जनताको लागि नै बोझ बनेको देखियो । जनतालाई उत्साहभन्दापनि निराशा बनाउने काम गर्यो । देशलाई स्थिरता नभएर अराजकतातर्फ लैजाने काम भयो । सरकारको एक सय दिनमा प्लस खासै छैन, माईनस बढि छ । नकारात्मक बढि छ’ आजपा अध्यक्ष साहले भने ।

वर्तमान सरकारको काम विपक्षीहरुलाई तर्साउन र झुठा मुद्दा लगाउनेमा केन्द्रित भएको बताउँदै उनले गौरहत्याकाण्डका हत्याराहरु खुलेयाम घुम्दा सरकारले उनीहरुलाई संरक्षण दिएको बताए । आफु समर्थित पार्टीको अपराधीलाई बचाउने काममा ओली सरकार लागेको बताउदै उनले विपक्षमा रहेका पालिकाहरुमा ‘सरुवा आतंक मच्चाउने’ काम भएको टिप्पणी गरेका छन् ।

सत्ताको दुरूपयोग गरी व्यापारीबाट अनुचित लाभ लिने गरेको गरेको ओली सरकारले भ्रष्ट कर्मचारीलाई प्रोत्साहन र इमान्दारलाई दण्डित गरेको गरिरहेको बताए । जनताको आवश्यक्ता र चाहना अनुसार सेवा प्रवाह गरेर जनतामा आशा जगाउने काम गर्नुको साटो सरकारले जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काममै केन्द्रित भएको बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो पार्टी कार्यालय मदननगरमा नबनाउनुको कारणपनि मदन भण्डारीको अपमान भएको टिप्पणी उनले गरेका छन् । एमालेको बल्खु मदननगरमा भएको जग्गापनि अहिले किर्तीपुरमा मीनबहादुर गुरुङबाट दानमा पाएको जग्गाभन्दा कम नभएको साहको भनाई छ ।

तर, बल्खुको जग्गा भएको ठाउँ नै मदननगर भएको र मदन भण्डारीसँग जोडिएको जग्गा भएकै कारणले प्रधानमन्त्री ओलीले सो जग्गामा एमालेको मुख्यालय नबनाएको साहको आरोप छ । ओलीले मदननगरमा पार्टी कार्यालय नबनाएर स्वर्गीय मदन भण्डारीको योगदान र लिगेसीलाई अपमान गरेको आजपा अध्यक्ष साहको गम्भीर आरोप छ ।

तपाइको प्रतिक्रिया
(Visited 11 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राष्ट्रिय मुद्धामा एक ढिक्का भएर प्रस्तुत हुने सत्ता पक्षका दलको निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गोरखाको पहेंलटार मतदान केन्द्रमा झडप