‘दउरा घाटे के लेजाई….’ बोलको भोजपुरी छठ गीत

काठमाडौं । ‘दउरा घाटे के लेजाई….’ बोलको भोजपुरी छठ गीत धुम मचाएको छ । काठमाडौं, तराई मधेसका साथै भारतको यूपी, बिहार, झारखण्ड सहित भोजपुरीभाषी एवं छठ पर्व हुने क्षेत्रमा सो गीत अहिले रुचाइएको छ ।

लोकगायक रवीराज शाहको स्वर रहेको सो गीत यूट्यूवमा टे«डिङमा रहेको छ । गत बर्ष ‘कौना घाटे औनाजाना….’ बोलको भोजपुरी छठ गीत सार्वजनिक गरेका गायक शाहले त्यसलाई निरन्तरता दिदै छठ पर्वको अर्को गीत सार्वजनिक गरेका हुन् ।

‘छठ पर्व सन्तान प्राप्ती, सन्तानको दिर्घायूका लागि गर्ने गरिन्छ । सोही बिषय बस्तुलाई यो गीत मार्फत एउटा निसन्तान आमाको पीडा र बेदना देखाइएको छ’ गायक शाहले भने, ‘गीतको अन्त्यमा छठी मातामाथि विश्वास र पुजा गर्नेलाई सन्तान प्राप्ती हुन्छ । र यो गीत लोकलयमा आधारित छ ।’

तराई मधेस, बिहार, यूपी लगायतका ठाउँमा निसन्तान महिलालाई बिभिन्न तानाबाना दिने गरेको र बाझिन भनेर मानसिक एवं सामाजिक तनाव दिने गरिएको बताउँदै उनले सोही बिषयलाई गीतमा समेट्ने प्रयास गरिएको बताए ।

चर्चित एवं लोकगायक शाहको स्वर रहेको गीत उमालाल यादवले लेखेका छन् । संगितकार रौशन सिंह, भिडयो निर्देशक राजिव समर र भिडियो सम्पादन देवेन्द्र कुशवाहाले गरेका छन् । भिडियो सम्पादन गरेको कुशवाहाले यस अघि भोजपुरी, हिन्दी, नेपाली सहित बिभिन्न भाषाका चर्चित गीतहरुको सम्पादन गरेका छन् ।

‘दउरा घाटे के लेजाई….’ बोलको भोजपुरी छठ गीतमा गायक रविराज शाह सहित सिमा शर्मा, ममता मण्डल, विवि शाह, लगायतका कलाकारले अभिनय गरेका छन् । गीत गायक शाहको औफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा ३९ पालिकाको नतिजा सार्वजनिक (सूची सहित)