काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।
सो भेटवार्ता’bout जानकारी दिँदै वाग्लेले अहिलेसम्म लामिछानेलाई सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित गरेर ८० वटा सामान्य प्रश्नको बयान लिईएको स्पष्ट पारेका छन् ।
उनले सभापति लामिछानेको मनोबल उच्च रहेको पाएको पनि खुलाएका छन् । सो क्रममा लामिछानेले ‘अर्को तीन वर्ष ओली–राणा–देउवाकै सेरोफेरोमा शासन चल्दा देशको के बेहाल हुने होला ?’ भनेर प्रश्न गरेका छन् ।
लामिछानेको उक्त प्रश्नको उत्तरमा फरिद जकारियाद्धारा लिखित नयाँ पुस्तक ‘एज अफ रिभोलुसन्स’ दिएको पनि जनाएका छन् । उनले तिहार र छठपछि सुशासनको बृहत्त एजेण्डामा नयाँ शक्तिहरु गोलबद्ध हुनुपर्ने देखिएको उल्लेख गरेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)
सम्बन्धित समाचार
गण्डकीको वनमन्त्रीमा पौडेल नियुक्त
रविलाई अनुसन्धानका लागि म्याद थप्ने सम्भावना प्रवल
मुख्यमन्त्री पाण्डेको बढ्यो सम्पत्ति
रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी
जग्गा दानविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ मा
लोसपाका केन्द्रीय उपाध्यक्ष चौधरी राजेन्द्र महतोको पार्टीमा प्रवेश
‘सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य छैन’
रविलाई दुव्यर्वहार नगरिएको कास्की प्रहरीको प्रस्टोक्ति
रास्वपाले मंगलबार बालुवाटारमा प्रदर्शन गर्ने
जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
आगामी कांग्रेस कमान्डर को ?
तिहारका लागि मुस्ताङबाट ४ हजार भेडाच्याङग्रा बिक्री