अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी

काठमाडौं । अमेरिकाको ४७औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । डेमोक्रेटिक उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै बिहीबार दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् । निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न भने बाँकी छ ।

१० इलेक्टोरल भोट भएको विस्कन्सिन र ३ इलेक्टोरल भोट भएको अलस्कामा रिपब्लिकनको जित पक्का भएको हाे । राष्ट्रपतिमा ट्रम्पको इलेक्टोरल भोट २ सय ७९ पुगेको छ । राष्ट्रपति निर्वाचित हुन २ सय ७० इलेक्टोरल भोट आवश्यक पर्छ ।

यसअघि सन् २०१६ मा डेमेक्रेटिक उम्मेदवार हिराली क्लिनटनलाई हराउँदै ट्रम्प ४५औं राष्ट्रपतिमा निर्वाचित भएका थिए । २०२० मा भने उनी वर्तमान राष्ट्रपति जो बाइडनसँग पराजित भए । अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित हुने निश्चित भएसँगै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले १ सय ३२ वर्षपछि नयाँ रेकर्ड कायम गरेका छन् ।

एक कार्यकाल राष्ट्रपति भएर दोश्रोपटकमा हार व्यहोरेर तेश्रो प्रयासमा पुनः राष्ट्रपति बन्ने ट्रम्प १ सय ३२ वर्षपछि पहिलो हुन् । राष्ट्रपति निर्वाचनमा एकपटक पराजित भएपछि समान्यतः अर्को प्रयास गरेको रेकर्ड अमेरिकी इतिहासमा कमै छ ।

१ सय ३२ वर्षअघि सन् १८९२ मा ग्रोभर क्लिभल्यान्डले पहिलो कार्यकाल राष्ट्रपति भएपछि दोश्रो कार्यकालमा हारेका थिए । तेश्रोपटक पुनः चुनाव लडेका उनले जितेका थिए । पहिलो पटक १८८५ मा २२औं राष्ट्रपतिमा निर्वाचित भएका क्लिभल्यान्ड १८८९ मा पराजित भए । १८९३ मा फेरि उम्मेदवार भएका उनी २४औं राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरमा गठबन्धनले सार्वजनिक ग-यो चुनावी घोषणापत्र