राजधानीकर्मी सिग्देल सम्मानित

स्याङ्जा । राजधानी दैनिकका स्याङ्जा संवाददाता सम्मानित भएका छन् । पत्रकारितालाई आफ्नो पेशा बनाई विभिन्न क्षेत्र तथा विधामा कलम चलाउदै आएको भन्दै वालिङस्थित एक सहकारीले सिग्देललाई सम्मान गरेको हो ।

उनले साढे ३ बर्ष नेपाल पत्रकार महासंघको अध्यक्ष रहेर कार्यसम्पादन गरेका छन् । नेपाल पत्रकार महासंघको निवर्तमान अध्यक्ष बन्न लागेका सिग्देललाई ऋद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्थाले सहकारी अभियानमा कलम चलाएको भन्दै १७ औं बार्षिक साधरणसभा तथा छैठौं अधिवेसनमा करुवा, कदरपत्र र दोसल्लाले सम्मान गरेको छ ।

गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले सिग्देललाई करुवा, कदरपत्र र दोसल्लाले सम्मान गरेका थिए । पत्रकारिताका क्षेत्रबाट सहकारीका गतिविधिहरुलाई उजागर गर्न सहयोग पु¥याएको र आगामी दिनमा सहकारी अभियानलाई सफलता बनाउन प्रेरणा जागोस भन्ने उदेश्यले सम्मान गरिएको सहकारीले जनाएको छ ।

सम्मान गर्दै गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति अर्यालले समाजलाई सकरात्मक बाटोमा लैजान संचारक्षेत्रको महत्वपुर्ण भुमिका हुने बताउदै यस्ता सम्मानले श्रमजीवी पत्रकारहरुलाई अझै अगाडी बढ्न र निखार बनाउन हौसला मिल्ने बताए । पछिल्लो समय सहकारीहरु संकटमा परेका बेला संचार क्षेत्रले सहकारीहरु धरासायीको बाटोमा भन्दा समाधानका बाटोमा कलम चलाउन सबै पत्रकारहरुलाई आग्रह गरे ।

गण्डकी प्रदेशका सांसद कल्पना तिवारीले संचार क्षेत्र समाजलाई सु—सुचित गर्ने क्षेत्र भएकाले सत्यतथ्यमा रहेर समाचारहरु प्रकाशित र प्रशारित हुनुपर्नेमा जोड दिइन् । विगत लामो समयदेखी पत्रकारीतालाई पेश मान्दै आएका सिग्देललाई सहकारी सम्मान गरेर श्रमजीवी पत्रकारहरुको हौसला बढाउने काम गरेकोमा सहकारीलाई सांसद तिवारीले धन्यवाद दिइन् ।

जिल्लामा संचालित सहकारीहरु मध्ये ऋद्धिसिद्धि सहकारीले समाजमा योगदान पुराएका विभिन्न व्याक्तिहरुलाई हरेक बर्ष बार्षिक साधरणसभामा सम्मान गर्दै आएको सहकारीका अध्यक्ष मुक्तिप्रसाद पाण्डेले बताए । जसले सहकारीप्रतिको आकर्षण र विश्वास दिलाउन सहयोग हुने विश्वास अध्यक्ष पाण्डेले गरे ।

कार्यक्रममा पत्रकार सिग्देल सहित जेष्ठ सेयर सदस्यद्धोय गणेशप्रसाद भट्राई, हुमकला पाण्डे, उत्कृष्ट कारोबारी छविलाल पाण्डे र जामिला निशा, एसईईमा उत्कृष्ठ नजिता ल्याउने सुजाता श्रेष्ठ, आशिका कोईराला, दिक्षान्त पंगेनी, आयुष्मा अर्याल, एन्जिला अर्याललाई सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

मुगुमा चिसो छल्न न्यानो कपडा सहयोग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिन्धुपाल्चोकमा माओवादी र समाजवादीका कार्यकर्ताविच झडप