पालिका अध्यक्षले फुटाए प्रशासनको स्क्यानर

गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिका अध्यक्ष वेद बहादुर थापा मगरले जिल्ला प्रशासन कार्यालय, गुल्मीको स्क्यानर फुटाएका छन् । हिजो बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय गुल्मीको राहदानी शाखाको स्क्यानर फुटाएको आरोपमा उनी पक्राउ समेत परेका छन् । थापाले स्क्यानर फुटाएपछि शुक्रबारको राहदानी सेवा समेत अवरुद्ध हुन सक्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

स्क्यानरको मुल्य’bout भने प्रशासनले केही बताएको छैन । ‘स्क्यानरको मुल्यभन्दा पनि सेवा नै प्रभावित हुने भयो ।’ प्रजिअ गौतमले भने, ‘पालिका अध्यक्ष अभद्र व्यवहारमा प्रस्तुत हुनुभयो ।’ प्रशासनमा पहिला आउने व्यक्तिले टोकन लिने र उसैले पहिले सेवा लिने भन्ने प्रावधान रहेको छ ।

तर अध्यक्ष थापाले कालिगण्डकी भुगोलका हिसाबले टाढा रहेकोले आफ्नो पालिकाका नागरिकलाई विशेष व्यवस्था गर्न माग गरेकोमा त्यसो नभएकोले स्क्यानर फुटाएको बताए । ‘आफ्नो पालिकाका नागरिकको न्यायका लागि जहाँ पनि जान तयार छु ।’ थापाले भने । प्रजिअ गौतमले घटनाको बिषयमा गृह मन्त्रालयलाई जानकारी गराएको र थप छलफल भइरहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

शेखरलाई १५ केजीको माला, भन्छन्– सभापति देउवासँग कुनै दूरी छैन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आरजुलाई निर्वाचन आयोगकाे २४ घन्टे स्पष्टीकरण