आजबाट इजरायल-हमासबीच युद्धविराम

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दोस्रो चरणको युद्धविराम असफल भएमा हमासविरुद्धको युद्ध पुनः सुरु गर्ने चेतावनी दिएका छन् । इजरायल र हमासबीच पछिल्लोपटक भएको युद्धविराम सम्झौता स्थानीय समय अनुसार आइतबार विहान साढे ८ बजेबाट लागू हुनेछ ।

युद्धविराम सम्झौता लागू हुनु केही घन्टाअघि टेलिभिजनमार्फत् सम्बोधन गर्दै नेतान्याहुले युद्धविराम सम्झौता अस्थायी भएको र यसको उल्लंघन भएमा कुनै पनि बेला आफ्नो देश युद्धमा जान तयार रहेको चेतावनी दिएका हुन् ।

साथै इजरायलले हमासले सम्झौतामा तलमाथि गरे युद्धमा फर्कने अधिकार सुरक्षित राखेको र त्यसका लागि नवनियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि समर्थन रहेको नेतान्याहुको भनाइ छ ।

नेतान्याहुले हमाससँगको विगत १५ महिनामा भएको युद्धमा इजरायलको सैन्य अभियानले सफलता हासिल गरेको विवरण समेत पेस गरेका थिए ।

त्यस क्रममा हमासका नेता याह्या सिनवारको हत्यासहितको रूपरेखा प्रस्तुत गर्दै नेतान्याहुले मध्य पूर्वमा हमास विश्व समुदायबाट एक्लिएको बताएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

विपद् प्रतिकार्यका लागि सशस्त्रको ५३ औँ टोली तयार, डीआईजी धौवजीले गरे तालिमको समापन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पर्सा गाउँपालिकामा कांग्रेसकै अध्यक्ष र उपाध्यक्ष निर्वाचित