राविराज । वैवाहिक वर्षगाठमा गरिने तडक भडक र फजुल खर्चभन्दा पृथक शैलीले राजविराजका एक दम्पतिले आफ्नो २५औ वर्षगाठ मनाएका छन् । राजविराज ७ मनिष दुगड र उनकी श्रीमती मधु दुगडले सोही वडा स्थित आधारभुत केन्द्र नम्बर २ विद्यालयका ९० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै आफ्नो २५ औं वैवाहिक वर्षगाठ मनाएका छन् ।
विद्यालयमा बाल कक्षा देखि ६ कक्षासम्म अध्ययनरत अत्ति विपन्न परिवारका ९० जनालाई स्कूल ब्याग, काँपी, कलम, पेन्सिल, कटर, इरेजर, सार्पनर लगायतका शैक्षिक सामग्री वितरण गरिएको दुगड परिवारले जनाएका छन् । वुवा फुसराज, आमा किरण देवी र काका हनुमान सहित विद्यालय पुगेका मनिष र मधुले अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री मात्र वितरण गरेनन् त्यही केक काटेर बालबालिकालाई समेत खुवाउँदै आफ्नो २५औं वर्षगाठ मनाए ।
विपन्न समुदायका बालबालिकालाई पढाईमा सहजता र विद्यालय आउन प्रोत्साहन गर्ने उदेश्यले कुनै तामझाम नगरि विपन्न समुदायका बालबालिका बीच वर्षगाठ मनाएको दुगड दम्पतिले सुनाए । यसले आफुलाई सन्तुष्टि र विपन्न परिवारलाई थोरै भएपनि राहत मिलेको उनीहरुको भनाई छ ।
सो अवसरमा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, राजविराज नगरपालिकाका शिक्षा संयोजक भोगेन्द्र यादव, नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद सदस्य मनोज कुमार माझी, मारवाडी युवा मञ्चका अध्यक्ष होमेश कावरा, प्रध्यानाध्यापक निर्मला देवी यादव, नेपाली काँग्रेस नगरसमितिका उपाध्यक्ष अनिल यादव, पूर्व वडा अध्यक्ष माँगीलाल नाई लगायतले शुभकामना दिदै दुगड दम्पतिले उदाहरणिय काम गरेको बताएका थिए ।