मुख्यमन्त्री सिंहद्वारा सर्लाहीका १५ अस्पताल बन्द गर्न निर्देशन

सर्लाही । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको सदरमुकाम मलंगवामा सञ्चालनमा रहेका १५ वटा अस्पताल र पोलिक्लिनिक बन्द गर्न निर्देशन दिएको छ । बिहीबार साँझ प्रादेशिक अस्पतालसहित निजी अस्पताल र पोलिक्लिनिकको अनुगमन गर्दै, मुख्यमन्त्री सिंहले बन्द गर्न आदेश दिएका हुन् ।

संचालित १५ अस्पताल र पोलिक्लिनिकमा ‘मैक्स हस्पिटल’, ‘मिथिला डेन्टल क्लिनिक’, ‘दिनकर अस्पताल’, ‘रामावतार पेन पारालाइसीस सेन्टर’, ‘क्ल्याण हेल्थ केयर’, ‘शीतल डेन्टल केयर’, ‘चन्द्रकला पोलिक्लिनिक’, ‘इन्डो नेपाल आँखा अस्पताल’, ‘कान्तिपुर डेन्टल र एक्सरे क्लिनिक’, ‘प्रेमा हेल्थ क्लिनिक’, ‘सर्लाही कम्युनिटी हेल्थ केयर’, ‘गुप्ता क्लिनिक प्राथमिक उपचार केन्द्र’, ‘सर्लाही पोलिक्लिनिक’, ‘सिद्धिदाता हेल्थ केयर’ र ‘देवश्री पोलिक्लिनिक’ रहेका छन् ।

साथै, अस्पताल सञ्चालनका लागि अनुमति लिएका जयश्री ओम हेल्थ केयर प्रालि, श्रीतिरुपति बालाजी पोलिक्लिनिक प्रालि र श्री ब्रह्मभूमि हेल्थ रिसर्च प्रालिलाई दुई महिनाभित्र अनुमति नवीकरण गर्न निर्देशनसमेत मुख्यमन्त्री सिंहले दिएका छन् ।

उनले प्रादेशिक अस्पताल मलंगवाको समेत अनुुगमण गर्नुुभएको छ । अनुगमनको क्रममा प्रादेशिक अस्पतालमा बिरामीलाई निःशुल्क खुवाइने खाना अस्वस्थकर रहेको पाइएको छ । उनले अस्पतालका प्रमुखलाई क्यान्टिनमा सुधार गर्ने आदेश दिइएका छन् । साथै, आकस्मिक कक्षमा आवश्यक जनशक्ति पूर्ण रूपमा परिचालन गर्न र अन्तरङ्ग कक्षका लागि सूचीबद्ध एम्बुलेन्स चालकका नाम हटाउनसमेत निर्देशन दिइएको छ ।

मुख्यमन्त्री सिंहले स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता औंल्याउँदै, आगामी दिनमा यस प्रकारका अनुगमन र सुधारात्मक कार्यहरू जारी राख्ने बताएका छन् । यस निर्णयले प्रादेशिक अस्पताल र निजी अस्पतालहरूको सेवा प्रवाहमा पारदर्शिता र गुणस्तर बढाउन मद्दत पु¥याउने जनमत पार्टीका जिल्ला ईन्चार्ज श्रीचन (सुुजन) यादवले विश्वास व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्रका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एकै परिवारको ३५ वर्षसम्म वर्चस्व