अहिलेको विश्व परिस्थिति र नेपाल

अनारसिंह कार्की

विश्व राजनीतिमा राजनीतिकवाद वा इजम प्रभावहीन बन्दै गएकाले धार्मिक, सांस्कृतिक राष्ट्रवाद हावी हुन थालेको बेलामा नेपालमा क्रान्तिकारी कम्युनिस्टको नयाँ आवरण प्रभावकारी बन्न पुग्यो र मध्यमार्गी प्रजातान्त्रिक पार्टीहरूसमेत त्यसैमा सामेल भएपछि संविधानमै समाजवाद भनिएको छ । यसरी विश्वव्यापी लहरको उल्टो गएकै कारण हुन सक्छ, त्यसले न त देशका मूल समस्यालाई समाधान गर्न सकेको छ न त जनतालाई नै सन्तुष्टि दिन सकेको छ । त्यसैले व्यापक जनअसन्तुष्टि बढिरहेको अवस्थामा ७ फागुनको प्रजातन्त्र दिवसमा राजाले दिएको सन्देशले जनअसन्तुष्टिको आगोमा घिउ थप्ने काम गरेको छ । त्यसैको अभिव्यक्ति राजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्कन लाग्दा २५ फागुनमा त्रिभुवन विमानस्थलमा उनलाई स्वागत गर्न जम्मा भएको भीडले सबैलाई सोच्नुपर्ने अवस्थामा पु¥याएको छ ।

के नेपाल दोस्रो महायुद्धपछि विश्वव्यापी रूपमा देखिएको पुँजीवाद र समाजवादको विवादमै फर्कन्छ कि विश्वमा आउँदै गरेको सांस्कृतिक राष्ट्रवादतिर लाग्छ भन्ने प्रश्न खडा भएको छ । किनकि आजको विश्वमा कुनै पनि देशमा घट्ने घटना विश्व राजनीतिक प्रवृत्तिकै एउटा अंगको रूपमा घटेको हुन्छ भन्ने रूपमा बुझ्नुपर्ने हुन्छ । यही परिप्रेक्ष्यमा पछिल्ला विश्वमा घटेका र घट्न लाग्दै गरेका घटनाहरूको चर्चा र विश्लेषण हुन जरुरी छ । यही सन्दर्भमा विश्व राजनीतिमा सफल महाशक्ति बनेको अमेरिकामा भएको निर्वाचन र त्यस निर्वाचनबाट राष्ट्रपतिमा विजयी भएका डोनाल्ड ट्रम्पका कदमहरूका ’boutमा चर्चा गर्नुपर्ने हुन्छ ।

सर्वप्रथम युक्रेन
सामरिक शक्तिसम्पन्न रूसलाई युरोपसँग जोड्ने मुख्य भूभाग हो युक्रेन । सोभियत रूसको विघटनपछि स्वतन्त्र भएको युक्रेनलाई आफ्नो प्रभुत्वमा राखेर युरोप र अमेरिकालाई दबाबमा राख्न वर्तमान रूसका राष्ट्रपति भ्लादिमिर पुटिन प्रयत्नरत थिए । त्यसैले दुईपटक आक्रमण गरेर युक्रेनको रूसी भाषा बाहुल्य क्षेत्र क्रिमियालगायतका केही भाग रूसमा मिलाइसकेको थियो । ठूलो र शक्तिशाली देशको सानो छिमेकीको मनोविज्ञान कस्तो हुन्छ भन्ने कुरामा नेपाल पनि भुक्तभोगी देश हो । भय र असुरक्षाका मानसिकताले मात्रै होइन ठूला छिमेकीबाट हुने थिचोमिचोले व्यापक जनतामा विरोध हुन्छ र अवसरवादीहरू फाइदा उठाएर सत्तामा पुग्ने गरेका हुन्छन् ।

युक्रेनका जनताको त्यही मनोभावनाबाट राजनीतिमा कुनै अनुभव नभएका एउटा कलाकार राष्ट्रपतिमा निर्वाचित बन्न पुगेका थिए । राष्ट्रपति जेलिन्स्की रूससँग नरम हुँदा जनताको आक्रोशमा पर्ने थिए भने रूससँग अडान लिँदा युद्धमा होमिनैपर्ने थियो । जब शक्तिशाली छिमेकीको सामना गर्नुपर्ने हुन्छ तब त्यस्तै शक्तिशाली अर्को शक्तिसँग हात मिलाउनु बाध्यता बन्न पुग्छ । राजनीतिमा दया र मायाले कसैलाई कसैले सहयोग गर्दैन । युक्रेनको सुरक्षासँग युरोपको सुरक्षा जोडिन पुगेको छ र प्रकारान्तरले युरोपको सुरक्षासँग अमेरिकी सुरक्षा पनि जोडिन पुग्छ । त्यसकारण राष्ट्रपति ट्रम्पका अहिलेका नीति र व्यवहारले युक्रेन र राष्ट्रपति जेलिन्स्कीको अपमान भएको होइन अमेरिकाको विश्वव्यापी साख र विश्वसनीयतामाथिको बन्चरो प्रहार हो । आफ्नो सुरक्षाका लागि अमेरिकाको छातामा ओत लाग्न गएको युरोपीय देशहरूले अब आफ्नो सुरक्षाको व्यवस्था आफैले गर्नुपर्ने भयो । यसले अमेरिकाको सामरिक साखलाई बल होइन हानि नै पुग्नेछ । युरोप संयुक्त भएमा अहिले पनि कसैलाई पनि चुनौती दिन सक्ने शक्ति बन्न सक्छ । जसले गर्दा रूसका लागि मात्रै होइन अमेरिकाका लागि पनि एउटा सामरिक प्रतिद्वन्द्वी खडा हुन सक्छ ।

व्यापार युद्ध
राष्ट्रपति ट्रम्पले विश्वव्यापी व्यापार युद्ध छेडेका छन् । यसले आफ्ना मित्रशक्तिहरूलाई समेत शत्रुशक्तिहरूसँग मिल्नुपर्ने अवस्था सिर्जना गरेको छ । र, व्यापार युद्धको दोस्रो चरण युद्ध हुन्छ । त्यसैले ट्रम्पले संसारलाई युद्धतर्फ धकेल्ने काम गर्दै छन् । यसले अमेरिकी अर्थतन्त्रमा कस्तो प्रभाव पार्ने हो हेर्न बाँकी छ । अमेरिका उपभोग्य वस्तुका निम्ति धेरै कुरामा बाह्य देशहरूमा निर्भर थियो । अहिलेको व्यापार युद्धले अमेरिकी जनजीवन कष्टकर बन्न सक्छ । त्यसो भयो भने अमेरिकाले आन्तरिक विद्रोहको पनि सामना गर्नुपर्ने हुन्छ ।

दक्षिण एसियाको प्रश्न
दक्षिण एसियाको ठूलो शक्ति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीप्रतिको ट्रम्पको व्यवहार पनि सम्मानको थिएन । तथापि, उसले बंगलादेशलाई भारतको जिम्मा लगाउने काम गरेको छ । त्यसै पनि भारतका साना छिमेकीहरूमा भारतको प्रभाव नहुने प्रश्नै थिएन । तर अर्को छिमेकमा रहेको उदीयमान विश्व शक्ति चीनले भारतलाई एकलौटी प्रभाव बनाउन देला ? यदि चीनले पनि पाकिस्तान, श्रीलंका, म्यानमारजस्ता देशमा आफ्नो शक्ति अझ बढाउन लाग्यो भने क्षेत्रीय प्रतिद्वन्द्विता अझ तीव्र हुने त होइन ? त्यसो भयो भने यो क्षेत्रको अवस्था कस्तो होला ? यो सान्दर्भिक प्रश्न हो र उपेक्षा गर्नु उचित हुँदैन । यदि त्यसको उल्टो यो क्षेत्रमा तिम्रो प्रभाव बढाऊ तर मलाई ताइवान र तिब्बतमा सहयोग गर भन्ने अवस्था भयो भने पनि सोचनीय प्रश्न आउँछ । त्यसो हुनाले ट्रम्पका हरेक कामले विश्वलाई एउटा अनिश्चित दिशातिर धकेलिइरहेको छ ।

पूर्वी एसियाको प्रश्न
युक्रेनलाई उकासेर बीचैमा छोडिदिने अमेरिकासँग ताइवान, दक्षिण कोरिया, जापानजस्ता देश जहाँ अमेरिकी सेना छन्, ती देशहरूले अमेरिकासँगको सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको होइन ? ती देशहरूले अब हामी आफ्नो सुरक्षाको व्यवस्था आफैं गर्छौं, तिम्रो सेना लैजाऊ भन्ने अवस्था आउन सक्छ र त्यसका लागि पनि सोच्नुपर्ने हुन्छ । ट्रम्पको जुन प्रवृत्ति र व्यवहार छ कुनै पनि बेला उत्तरकोरियासँग हात मिलाएर दक्षिण कोरियालाई युक्रेनलाई जस्तै छोडिदिन सक्छ । अहिलेकै अवस्थाको दक्षिणकोरियालाई उत्तरकोरियाको सैनिक शक्तिले सजिलै परास्त गर्न सक्छ । अमेरिकी राष्ट्रपतिको अहिलेका कदमहरूले विश्वका सबैजसो देशहरूलाई आफ्नो सुरक्षाका लागि सोच्नैपर्ने अवस्थामा पु¥याएको छ

नेपालको सन्दर्भ
सुरुमा विषय प्रवेशका लागि नेपालको परिस्थितिको केही उल्लेख भएको छ । तथापि विशाल दुई छिमेकी भारत र चीनको बीचमा रहेको नेपालको वामपन्थी बाहुल्यका सरकार निरन्तर अमेरिकी पक्षमा देखिन थालेको थियो । त्यसैले गर्दा हाम्रा दुवै छिमेकीहरू सशंकित हुन थालेका थिए । अहिलेको ट्रम्पको अमेरिकी कदमले ती अमेरिकी पक्षकाहरू टुहुराजस्तो अलपत्र हुन थालेका छन् । ट्रम्पले धेरैका अनुहारबाट प्रगतिशीलताको नकाब उतारिदिएपछि तिनीहरू आम जनताका घृणाका पात्र बनेका छन् । तिनीहरू जस्ताले देशका अनेक समस्या र व्यापक जनअसन्तुष्टिलाई निकास दिन सक्लान् ? यदि तिनीहरूबाट सम्भव भएन भने देशको मौजुदा राजनीतिमा कुनै न कुनै रूपले सुधार या परिवर्तन जरुरी हुन्छ । त्यस्तो परिवर्तनलाई हामीले स्वाभाविक बाटो दिन सकेनौं भने त्यसले अवश्य नै अस्वाभाविक बाटो लिन पुग्नेछ । यस्तो विश्व नै जटिल परिस्थितिबाट गुज्रिरहेको समयमा हामीले उचित मार्ग अवलम्बन गर्न सकेनौं भने हाम्रो अस्तित्व संकटमा पर्न सक्छ ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रजातन्त्र नमासी राष्ट्रपतिको ठाउँमा राजा ल्याउने ज्ञानेन्द्र शाहीको उद्घोष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बाराको महागढीमाई नगरपालिकामा पुन: कांग्रेसका उम्मेदवार विजयी