आईजिपी कुँवरसहित ९ प्रहरी अधिकारी भोलिवाट अनिवार्य अवकाशमा

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) बसन्तबहादुर कुँवरसहित ९ जना वरिष्ठ प्रहरी अधिकारी भोलि सोमबारबाट अनिवार्य अवकाशमा जाँदैछन्। प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा गरेपछि ४ चैतको राति १२ बजेबाट कुँवरसहित अन्य प्रहरी अधिकारी अवकाशमा जान लागेका हुन्।

यसअघि पनि सोही नियमअनुसार उमेर हदका कारण प्रहरीका वरिष्ठ अधिकारीहरू अवकाश पाइसकेका छन्। आईजी कुँवरसँगै अतिरिक्त महानिरीक्षक(एआईजी) टेकप्रसाद राई, बुद्धिराज गुरुङ, कुवेर कडायत, दुर्गा सिंह र जनकराज भट्टराई अवकाशमा जाँदैछन्। यस्तै, प्रहरी नायब महानिरीक्षक (डिआइजी) गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि भोलिदेखि अनिवार्य अवकाशमा जाने भएका छन्।

उनीहरू २०५१ सालको प्रहरी ब्याचका अधिकारी हुन्, जसले ५ चैत २०५१ मा प्रहरी सेवामा प्रवेश गरेका थिए। सोही ब्याचका एसपी श्यामकुमार राई र सञ्जयबहादुर राउत केही दिनअघि नै अवकाशमा गइसकेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रजातन्त्र नमासी राष्ट्रपतिको ठाउँमा राजा ल्याउने ज्ञानेन्द्र शाहीको उद्घोष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरी वडा नं २० मा कांग्रेसको प्यानलै विजयी