चलचित्र निर्माताका थरी थरी समस्या

काठमाडौं । सोमबार काठमाडौँमा नेपाल चलचित्र निर्माता संघको अधिवेशन तथा निर्वाचन हुँदै गर्दा चलचित्रका निर्माताहरू आफ्नो समस्या पोख्न व्यस्त देखिएका थिए । निर्माताहरूको समस्या धेरै भएकाले त्यसलाई नव निर्वाचित कार्यसमितिले सम्बोधनसँगै समाधान गर्नु पर्ने उनीहरूको माग थियो ।

चलचित्र निर्माताहरूसँग उनीहरूको समस्या’bout राजधानीले गरेको कुराकानीमा आफ्नो समस्या धेरै भएको निर्माता एवम् निर्देशक दीपेन्द्र के खनालले बताए । आफूले चार महिना अघि छायांकन थालेको चलचित्र ‘क्याप्टेन साब’लाई आवश्यक प्रहरी पोसाक र हात हतियार नभएर नै छायांकन रोकिएको जनाउँदै उनले भने,‘हामीलाई अहिले प्रहरी, सैनिकको कथामा चलचित्र छायांकन गर्न साह्रै गाह्रो छ । चलचित्रको स्क्रिप्टमा प्रहरी र सैनिकले विभिन्न खोट देखाएर छायांकनको लागि पोसाक तथा हात हतियार दिन नमान्दा छायांकन नै रोकिएको छ ।’

यस अघि चलचित्र ‘ज्वाईँसाब’ र ‘बिच्छेद’ निर्माण गरेको निर्माता राजकुमार पण्डितको चलचित्र ‘बिच्छेद’ रिलिजको तयारीमा छ । चलचित्र ‘ज्वाईँसाब’ रिलिज गर्दा आफूले सबैभन्दा ठुलो समस्या भनेकौ चलचित्र घरमा उपयुक्त सो नपाएको उनले बताए । अघिल्लो दसैँमा आफूले चलचित्र ‘ज्वाईँसाव’ रिलिज गर्दा यो सँगै रिलिज भएको ‘१२ गाउँ’ र ‘छक्का पन्जा ५’ जस्ता चलचित्रले ८० प्रतिशत सो पाएको र आफूलाई जम्मा २० प्रतिशत मात्र सोहरू दिइएको उनको गुनासो थियो । यस’bout राजकुमारले भने,‘चलचित्रले प्रदर्शनमा सोहरू काम पाएपछि दर्शकले पनि त्यसलाई चासो नदिँदा रहेछन् । धेरै ठाउँमा टिकट नपाएर दर्शक हलबाट फर्कनु पर्दा पनि मेरो चलचित्रको सोहरू बढाइएन ।’

अर्का निर्माता एवम् अभिनेता जय किसन बस्नेतले पनि आफूले निर्माण गरेको चलचित्रले चलचित्र घरमा राम्रो समयमा सो नै नपाएको गुनासो गर्दै भने,‘गत वर्ष मेरो चलचित्र बद्रीबहादुर रिलिज गर्दा मैले मल्टिप्लेक्सका धेरै जसो हलमा सो पाइन । पाएको सोहरू पनि कि त बिहानैको कि त अबेर बेलुका थियो,’ यसरी आफूले करोड रुपैयाँ खर्च गरेर बनाएको चलचित्रले भनेको जस्तो सोहरू नपाउँदै साह्रो गाह्रो परेको उनले बताए । सोही कारण एक वर्ष यताबाट चलचित्र निर्माणमा हात हाल्न नसकेको पनि उनले सुनाए । नेपालका हलमा स्वदेशी भन्दा बढी चलचित्र प्रदर्शनमा महत्व दिने गरेका पनि उनले बताए ।

अर्का निर्माता एवम् अभिनेता विल्सन विक्रम राईले पनि तिहारमा रिलिज भएको आफ्नो चलचित्र ‘मैझारो’मा स्टार कास्ट कलाकार भएर पनि चलचित्र घरहरूले सो धेरै नदिएको गुनासो सुनाए । यदि राम्रो सो पाएको भए आफ्नो चलचित्र हिट हुने दाबी पनि उनले गरे । अहिलेको निर्माताको सबैभन्दा ठुलो समस्या नै चलचित्र घरमा उचित सो नपाउनु भएको उनले बताए ।

अर्का निर्माता एवम् निर्माता संघका नव उपाध्यक्ष रौनक विक्रम कँडेलले चलचित्र निर्माताहरूमाथि सेन्सरको ठुलो त्रास रहेको छ भने । सेन्सरको मारमा आफूहरू नियमित रूपमा पर्ने गरेकोले यसलाई नीतिबाट सुधार्नु र व्यवस्थित गर्नु पर्ने पनि उनले बताए । यस्तै चलचित्र रिलिज पछि वितरकबाट पैसा समयमा नपाउने अर्को ठुलो समस्या निर्माताहरूले भोगिरहेको जनाउँदै रौनकले भने,‘चलचित्र वितरकसँग सम्झौता गर्दा चलचित्र प्रदर्शन भएको ९० दिन भित्र हलबाट प्राप्त सबै रकम दिने उल्लेख गरिन्छ । तर वितरकहरूले विभिन्न बहानामा ५÷७ महिनासम्म पनि पैसा नदिँदा निर्माताहरूले ब्याजमा ठुलो रकम तिर्न बाध्य हुनु परेको समस्या छ ।’

अर्का निर्माता एवम् सञ्चारकर्मी श्रीधर पौडेल विभिन्न बहानामा यहाँ चलचित्रमा निर्मातालाई लिने गरिएको तर उनीहरूलाई चलचित्रको ’boutमा केही पनि जानकारी नहुने गरेको ठुलो समस्या देखाउँछन् । यस’bout उनले भने,‘चलचित्रका निर्मातालाई निर्देशकहरूले कलाकारहरूसँग समेत नजिक हुन नदिने समस्या छ । अर्को तर्फ बजारमा सर्वाधिक पैसा कमाएको चलचित्रको उदाहरण लिएर लगानी गर्न लगाउने र पछि डुबाउने समस्याले पनि यहाँ धेरै निर्माताहरू पीडित छन् ।’

चलचित्र वितरक समेत रहेको अर्का निर्माता करण श्रेष्ठ पनि श्रीधरको कुरालाई स्विकार्छन् । धेरै नयाँ निर्माताहरूलाई चलचित्रमा कमाइन्छ भन्ने आश्वासन देखाएर लगानी गर्न लगाउने गरिएको उनले बताए । ती निर्मातालाई चलचित्र निर्माण गर्दाको जोखिम’bout जानकारी नगराउने रोग पुरानै भएको पनि उनले बताए । त्यसैले नयाँ निर्माताले चलचित्र निर्माता संघमा आफ्नो चलचित्र दर्ता गराउन जाँदा यसको जोखिम’bout पनि जानकारी गराउन उनले अनुरोध गरे ।

अर्का चलचित्र निर्माता विमल पौडेलले निर्माताहरूले ठुलो लगानी गरेर पनि उसको चलचित्रलाई बैंकले थप ऋणको लागि धरौटीको रूपमा नलिने गरेको समस्या सुनाए । यसरी आफूले निर्माण गरेको चलचित्रलाई बैंकले नपत्याउनु निर्माताहरूको समस्या हो भन्ने उनको ठहर छ ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री सुशीलासँग विकेश साहको प्रश्न, ‘जेनजी हत्यारा र भ्रष्टाचारीलाई कहिले कारबाही हुन्छ ?’