काठमाडौं । कर्णाली प्रदेशका २५ चलचित्रकर्मीले लेखन तथा छायांकन कला सिकेको छन् । कर्णालीका विभिन्न जिल्लाबाट सहभागी उनीहरू सुर्खेत वीरेन्द्रनगरमा ६ दिनदेखि प्रशिक्षणमा थिए । ‘चौथो कर्णाली चलचित्र कार्यशाला–२०८३’मा उनीहरूले लेखन तथा निर्देशन कला सिकेका हुन् ।
६ दिनसम्म चलेको कार्यशालामा चलचित्र लेखक एवं निर्देशक शिवम् अधिकारीले ‘स्क्रिप्ट’ लेखन प्रशिक्षण दिए भने नीरज कँडेलले छायांकन कला सिकाए । कार्यशालामा सहभागी प्रशिक्षार्थीलाई चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले सोमबार प्रमाणपत्र प्रदान गरेसँगै सम्पन्न भएको हो ।
बोर्ड अध्यक्ष डिसीले कर्णालीको कला र रंगमञ्चमा तीन दशकदेखि नाट्यकर्मी याम आचार्यलाई ‘स्रष्टा सम्मान २०८३’ बाट सम्मानित गरे । कर्णालीको मौलिकता र भूगोल आफैंमा चलचित्र भएकोसमेत उनले जिकिर गरे । ‘अब कर्णालीको कथा अरूले होइन, यहीँका दक्ष प्राविधिकले खिच्नुपर्छ र लेख्नुपर्छ,’उनले भने, ‘कार्यशालाले स्थानीयस्तरमा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको छ ।’
सम्बन्धित समाचार
कर्णालीका लोक, नृत्य र नाटक नौमूलेमा प्रदर्शन हुने
‘पहिलो हाँसो’ को नयाँ संस्करण सार्वजनिक
राष्ट्रिय कौराहा सम्मेलन सुरु
‘मायाले जाल हान्यो’ गीत वैशाख ७ मा सार्वजनिक हुने
‘कलाकार सदस्यता’ नवीकरण विवाद झनै चर्कियो
एक मुठी बादलमा नारी स्वतन्त्रताको आवाज
पलेँटीमा गुन्जिए पवन र रमेश
क्याफे व्यवसायमा नेपाली अभिनेत्री






