चलचित्र ‘लालीबजार’को प्रदर्शनमा अदालतको रोक

काठमाडौं । नेपाली चलचित्र ‘लालीबजार’को प्रदर्शन अदालतको अन्तरिम आदेशपछि अनिश्चित बनेको छ । दुई दिन अघि मात्र केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शन अनुमति सहित ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरिसकेको यस चलचित्रलाई उच्च अदालत पाटनले तत्कालका लागि प्रदर्शन नगर्न मंगलबार आदेश दिएको छ । सो अदालतका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले २२ वैशाखसम्मका लागि ‘लालीबजार’को प्रदर्शन रोक्ने अन्तरिम आदेश दिएको छ ।

वादी समुदायको तर्फबाट रोशनी नेपालीले चलचित्र ‘लालीबजार’को केही संवाद र प्रस्तुतीकरणप्रति आपत्ति जनाउँदै उच्च अदालत पाटनमा सोमबार यो चलचित्र रोक्नको लागि रिट दायर गरेकी थिइन् । उनको रिटमा छलफल गर्ने क्रममा मंगलबार अदालतबाट यस्तो आदेश आएको हो । रोशनीले मुद्दा दायर गर्नु अघि आफ्ना साथीहरूसँग यो चलचित्र हेरेकी थिइन् ।

रोशनीले चलचित्र ‘लालीबजार’मा वादी समुदायको चरित्र गलत चित्रण गर्दै उनीहरूको नैतिकतामाथि आघात पु¥याउने दाबी गरेकी छन् । बादी समुदायले लामो समयदेखि पहिचान र अधिकारका लागि संघर्ष गरिरहेको अवस्थामा त्यही पीडालाई गलत ढंगले प्रस्तुत गरिएको आरोप उनले सञ्चारकर्मीसँगको कुराकानीमा लगाईन् ।

षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’ यम थापाको निर्देशनमा तयार भएको हो । यस चलचित्रमा वादी समुदायका महिलाले भोग्ने सामाजिक विभेद, शोषण र आत्मसम्मानको खोजीलाई मुख्य विषय बनाइएको निर्माण टिमको दाबी छ । १८ वैशाखदेखि देशभर प्रदर्शन गर्ने तयारी भइरहेको अवस्थामा अदालतको आदेशले यो चलचित्रको रिलिज अनिश्चित बनेको छ ।
यसरी मंगलबारको अदालतको आदेश अनुसार अब २२ वैशाखसम्म निर्माताले यो चलचित्र प्रदर्शन गर्न पाउने छैनन् । यसैबिच निर्माण पक्षले कानुनी प्रक्रियामार्फत आफ्नो पक्ष प्रस्तुत गर्ने तयारी गरिरहेको छ । कार्यकारी निर्माता प्रदीप भट्टराईले आफूहरू पनि न्यायको लागि बुधवार अदालत जाने तयारीमा रहेको बताएका छन् ।

कार्यकारी निर्माता भट्टराईका अनुसार यो चलचित्रले कुनै पनि समुदायको मान–मर्यादा वा आत्मसम्मानमा ठेस पु¥याउने उद्देश्य राखेको छैन । उनले सेन्सर बोर्डबाट पास भइसकेपछि पनि प्रदर्शनमा रोक लगाइनु दुःखद भएको प्रतिक्रिया दिएका छन् । बादी समुदायका धेरै जनाले हेरेको यो चलचित्रलाई उनीहरूले राम्रो छ भन्दै गर्दा एक जनाले अदालत पुगेर मुद्दा दायर गर्नुको नियत’bout प्रश्न उठाएका छन् ।
चलचित्रका निर्माता दीपेश खत्री ‘म्याक्स’ले कथाको मूल केन्द्र आमा–छोरीको सम्बन्ध रहेको र वादी समुदायको विषय केवल परिवेशका रूपमा प्रस्तुत गरिएको राजधानीलाई बताएका छन् ।
हुन पनि यति बेला यो चलचित्रको ’boutमा वादी समुदायभित्रै मत विभाजन देखिएको छ । यो चलचित्रले आफ्नो समुदायको संघर्ष र विद्रोहलाई सकारात्मक रूपमा प्रस्तुत गरेको विभिन्न बादीहरूले बताएका छन् । बादी समुदायकी नेतृ देवीसरा वादीले यस चलचित्रले महिलाको अधिकार र अन्यायविरुद्ध लड्ने सन्देश दिएको भन्दै प्रशंसा गरेकी छिन् ।

यस्तै, सोमबार अबेर साँझ काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा देवीसरासहित पदम राना बादी, रमेश गन्दर्भ बादीलगायतले पनि ‘लालीबजार’ हेरिसकेको र आफ्नो समुदायलाई आपत्ति हुने कुनै दृश्य र संवाद नरहेको बताए ।

सेन्सर पास भएर प्रदर्शनीको लागि तयार रहेको चलचित्रलाई अदालतले रोकेको घटनाले नेपाली चलचित्र क्षेत्रमा बहस सिर्जना गरेको छ । सेन्सर बोर्डबाट अनुमति पाएपछि पनि अदालतले प्रदर्शन रोक्ने निर्णय गरेकोमा नेपाल चलचित्र निर्माता संघले त्यसको भत्र्सना गरेको छ । निर्माता संघका अध्यक्ष उदय सुब्बाले सेन्सर पास भएको चलचित्र प्रदर्शनमा यसरी अदालतबाट अवरोध आउनुले समग्र चलचित्र उद्योगमा नकारात्मक प्रभाव पर्ने विज्ञप्ति मार्फत जनाएका छन् ।

यस चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, विशाल देवकोटा, प्रशंसा सुवेदी, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, रमेश बादीलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

epaper

ताजा समाचार

सन्देश बुढा मगरलाई शिवम् सिमेन्टको शैक्षिक सहयोग