रास्वपाले सांसदलाई दुई दिने प्रशिक्षण दिने

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका सांसदहरूलाई दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण दिने भएको छ।

वैशाख २६ र २७ गते सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको प्रवक्ता मनिष झाले बताए।

उनका अनुसार प्रशिक्षण स्टाफ कलेज जाउलाखेलमा हुनेछ। कार्यक्रममा उद्घाटन उपसभापति स्वर्णिम वाग्लेले गर्नेछन् भने समापन मन्तव्य सभापति रवि लामिछानेले दिनेछन्।

प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहको भने प्रशिक्षण कार्यक्रममा कुनै जिम्मेवारी तोकिएको छैन। यसअघि पनि पार्टीले राखेको प्रशिक्षण कार्यक्रममा सहभागी समेत भएका थिएनन्।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

epaper

ताजा समाचार

राजदरबार हत्याकाण्डको छानबिन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको घोषणा