काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र सांसद महावीर पुनले पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’ का लागि छुट्याउन सरकारसँग आग्रह गरेका छन् । सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरिनु स्वागतयोग्य भएको बताए ।
“अब आवश्यकताअनुसार बजेट विनियोजन होस्, पुँजीगत खर्चको एक प्रतिशत बजेट छुट्याउने प्रस्ताव आओस्”, सांसद पुनले भने । विकसित मुलुकले कुल गार्हस्थ उत्पादनको पाँच प्रतिशतसम्म बजेट अनुसन्धान र विकासका क्षेत्रमा खर्च गरिने दृष्टान्त दिँदै उहाँले अन्यन्त न्यून बजेट व्यवस्था गरेर वैज्ञानिक अनुसन्धानमा फड्को मार्न नसकिने धारणा राखे ।
सांसद पुनले शिक्षकको दरबन्दी बढाएर सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराए ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
रास्वपाको दोहोरो चरित्र : सत्ताबाहिर ‘तिब्र आक्रामक’, सत्तामा ‘नम्र आक्रामक’
कांग्रेसमा तीन गुट सक्रिय, निष्कर्ष एउटै
जिफन्टले मनायो अन्तरराष्ट्रिय श्रमिक दिवस
प्रधानमन्त्री शाहद्वारा संवैधानिक परिषद्को बैठक आह्वान
सीआरसी प्रतिवेदन अघि बढाउन प्रतिबद्ध छाैँ : मन्त्री वादी
सरकारले पदबाट हटायो १५ जना अवैतनिक दूतहरूलाई
कांग्रेसले वीरेन्द्रनगरमा प्रदेशस्तरीय भेला गर्ने
कानुन बनाउँदा जनताको हित र भावनालाई केन्द्रमा राखौँः सभापति लामिछाने






