काठमाडौं । सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सबै मिलाएर २१ प्रतिशत तलब वृद्धि हुने घोषणा गरे ।
आजको बजेट भाषणअनुसार महंगी भत्ता कायम राखेर आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको छ । यस्तै, १० प्रतिशत मासिक प्रोत्साहन भत्ता कर्मचारीले पाउने छन् । महंगी भत्तालाई कायम राखिएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत न्यूनतम ४० हजारदेखि अधिकतम १ लाखभन्दा बढी कायम गरिएको बताए । अर्थमन्त्रीले भने( पछिल्लो चार वर्षदेखि राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि नभएको यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्यवृद्धि १७।३ प्रतिशत भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु ।
यसअघि सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत १५ प्रतिशत तलब वृद्धि गरेको थियो । त्यसयता तलब बढेको थिएन, चालू आवको बजेटले पनि महँगी भत्ता मात्रै बढाएको थियो ।
निजामती सेवा ऐन, २०४९ को दफा २७ मा सरकारले प्रत्येक तीन वर्षमा राजस्व वृद्धिदर, मूल्यवृद्धि तथा कुल दरबन्दीसमेतका आधारमा सरकारी कर्मचारीको तलब, भत्ता पुनरावलोकन गर्नुपर्ने व्यवस्था छ ।
तीन वर्षअघि २०७९ फागुनमा उच्चस्तरीय तलब सुविधा आयोगले सरकारी कर्मचारीको न्यूनतम तलब ३५ हजार रूपैयाँ बनाउन सिफारिस गरेको थियो । उक्त सिफारिस अहिलेसम्म कार्यान्वयनमा आउन नसकिरहेको अवस्थामा अर्को नयाँ समितिले तलब बढाउन सिफारिस गरेको थियो ।
मुख्य सचिव सुमनराज अर्याल नेतृत्वको तलब तथा भत्ता पुनरावलोकन समितिले तलब नबढ्दा कर्मचारीमा मनोवैज्ञानिक असर परेको र कार्यसम्पादनमा नकारात्मक प्रभाव देखिएको भन्दै कर्मचारीको तलब तत्काल वृद्धि गर्न सिफारिस गरेको थियो ।
अब यस्तो हुनेछ कर्मचारीको तबल

सम्बन्धित समाचार
जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो
सशस्त्रकी सहायक हवलदार अनिता कार्की बनिन् सशस्त्रबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला
म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
प्रतिनिधिसभामा प्लेकार्डसहित श्रम संस्कृति पार्टीको विरोध
विमानस्थलबाट ३७ वटा पासपोर्ट बोकेका युवक किन पक्राउ परे ?
नेपालको प्रादेशिक अर्थतन्त्रमा बागमतीको वर्चस्व, मधेश पछाडि
कर प्रशासन पुनःसंरचना र भ्याट प्रणाली सुधार गर्न अर्थविद्को सुझाव
सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री वितरण






