काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहालका स्वकीय सचिवका रूपमा काम गरेका व्यक्तिहरूको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ ।
आयोगले देउवा प्रधानमन्त्री हुँदा उनका स्वकीय सचिव रहेका भानु देउवा तथा दाहालकी स्वकीय सचिव एवं छोरी गंगा दाहाल र उनका पति जीवन आचार्यको सम्पत्तिको स्रोत’bout छानबिन थालेको हो । अख्तियारनिकट स्रोतका अनुसार भानु देउवाको सम्पत्ति’bout विस्तृत अनुसन्धानका लागि आवश्यक विवरण संकलनको प्रक्रिया अघि बढिसकेको छ ।
आयोगले उनको परिवारका सदस्यको नाममा रहेको सम्पत्ति, बैंक खातालगायत वित्तीय विवरण, जग्गाजमिन तथा शेयरसम्बन्धी विवरण संकलन गरिरहेको छ । उजुरीका आधारमा आयोगले अनुसन्धान अधिकृत तोकेर भानु देउवा र उनको परिवारको सम्पत्तिको स्रोत तथा कारोबार’bout अध्ययन थालेको स्रोतको भनाइ छ । अनुसन्धानका क्रममा सम्पत्तिको वैधानिक स्रोत, खरिद तथा आर्जनको विवरणलगायत विषय हेरिने जनाइएको छ ।
यस्तै, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो प्रधानमन्त्री कार्यकालमा स्वकीय सचिव रहेकी गंगा दाहालको परिवारको सम्पत्तिमाथि पनि अख्तियारले अनुसन्धान थालेको छ । गंगा दाहालसँगै उनका पति जीवन आचार्यको सम्पत्तिको स्रोतसमेत अनुसन्धानको दायरामा परेको छ। आचार्य कोशी प्रदेशसभाका सदस्य हुन् । उनी यसअघि कोशी प्रदेश सरकारमा मन्त्रीसमेत भइसकेका छन् ।
अख्तियार स्रोतका अनुसार परिवारका सदस्यको सम्पत्ति अनुसन्धान गर्ने क्रममा आचार्यको नामसमेत अनुसन्धानमा समेटिएको हो। स्रोतका अनुसार गंगा दाहाल र जीवन आचार्यको सम्पत्तिसम्बन्धी अनुसन्धान भानु देउवाको भन्दा केही अगाडि बढिसकेको छ। अनुसन्धानका क्रममा पहिचान भएका केही सम्पत्तिको स्रोत स्पष्ट पार्न सम्बन्धित पक्षसँग थप विवरण माग्ने प्रक्रिया चलिरहेको छ। यसअघि अख्तियारले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको सम्पत्तिमाथि समेत अनुसन्धान सुरु गरिसकेको छ।
आयोगले बज्राचार्यलाई टंगालस्थित कार्यालयमा बोलाएर सम्पत्तिसम्बन्धी विवरण पेस गराइसकेको छ । स्वकीय सचिव तथा राजनीतिक नेतृत्वसँग निकट रहेर सार्वजनिक पदमा पहुँच राख्ने व्यक्तिहरूको सम्पत्तिमाथि पछिल्लो समय अख्तियारले अनुसन्धान तीव्र बनाएको देखिएको छ । यद्यपि अनुसन्धानकै आधारमा सम्बन्धित व्यक्तिहरूले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको निष्कर्ष भने ननिस्कने र अन्तिम निष्कर्ष अनुसन्धान पूरा भएपछि मात्रै आउनेछ ।
सम्बन्धित समाचार
सुनसरीको कप्तानगञ्ज क्षेत्रमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन जारी, नेपाली सेना परिचालन
अन्यौलमा ओली–प्रचण्ड सत्ता सहमति
सप्तरीको राजविराज र बोदेबरसाइन क्षेत्रमा कर्फ्यु जारी
पाकिस्तानको ब्रड पिक हिमपहिरोमा निर्मल पुर्जासहित १० जना आरोही बेपत्ता
गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति
पत्रकारको प्रश्नमा किन रिसाए प्रचण्ड ?
प्रतिनिधिसभाको बैठक बस्दै, जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने
संसद् छिर्यो न्यायाधीशमाथिको ‘महाअभियोग त्रास’






