काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुश्बु ओलीले भोटेकोशी बाढी विपद्मा दलीय राजनीतिभन्दा माथि उठेर नागरिकको जीउधनको रक्षा र एकीकृत उद्धारमा जुट्न आग्रह गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै सङ्कटको यो घडीमा सत्तापक्ष र प्रतिपक्ष नभनी राज्यका सबै संयन्त्र नागरिकको पीडामा साथ उभिनुपर्नेमा जोड दिइन ।
प्रमुख सचेतक ओलीले अस्थायी आश्रयस्थलमा बसोबास गरिरहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरूको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भन्दै मधुमेह, उच्च रक्तचाप र क्यान्सरजस्ता रोगका बिरामीका लागि आवश्यक नियमित औषधि र विशेष स्वास्थ्य टोली खटाउन स्वास्थ्य मन्त्रालयसँग आग्रह गरीन ।
सांसद ओलीले भनिन्, “विपद्का बेला महिला, गर्भवती, सुत्केरी तथा किशोरीहरूले भोग्नुपर्ने सरसफाइ, गोपनीयता, यौन तथा लैङ्गिक हिंसाजस्ता जोखिम न्यूनीकरणका लागि प्रजनन स्वास्थ्य र सरसफाइ सामग्रीको वितरणलाई राहत कार्यक्रममा बढी ध्यान दिनुपर्छ ।”
नेपालले भोगिरहेको वातावरणीय सङ्कट’bout अन्तरराष्ट्रिय मञ्चमा प्रस्तुत गर्दा स्पष्ट रणनीति र यथार्थपरक आँकडासहित जानुपर्नेमा ओलीले जोड दिइन । संयुक्त राष्ट्रसङ्घको आगामी महासभामा नेपालको सहभागितालाई लक्षित गर्दै कूटनीति भावनामा मात्र होइन, अन्तरराष्ट्रिय कानुन, तथ्य र प्रमाणमा आधारित रणनीतिक हुनुपर्ने उनले सुझाव दिइन ।
साथै उनले जलवायु परिवर्तनको असरलाई देखाएर आन्तरिक शासकीय र प्रशासनिक कमजोरी ढाकछोप गर्न नमिल्ने तर्क प्रस्तुत गर्दै प्राकृतिक बहाव मिचेर निर्मित भौतिक संरचना, अव्यवस्थित सहरीकरण र वातावरणीय मापदण्डको उल्लङ्घनले विपद्को जोखिम बढाएको तर्क गरिन ।
“जलवायु न्यायको कुरा गर्दा बाह्य निकायलाई मात्र दोषी देखाएर पुग्दैन, विगतका विपद्बाट पाठ नसिक्नु र पूर्वसूचना तथा समन्वयमा देखिएको कमजोरीको जवाफदेहिता देशभित्रैबाट सुरु हुनुपर्छ”, उनले भनिन् ।
सम्बन्धित समाचार
गृहमन्त्री सुधन गुरुङ त्रिशूली-३ ‘ए’ आयोजना स्थल जाँदै
प्रधानमन्त्री भेट्न रवि लामिछाने सिंहदरबारमा
प्रधानमन्त्री र सभापति लामिछानेबीच के के भयो छलफल ?
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
रास्वपा सभापति लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता
युवाको आक्रोशलाई राष्ट्र निर्माणमा बदलौँ, निराशा नफैलाऔँ : सभापति लामिछाने
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा






