काठमाडौं । विस्थापित बालबालिकालाई विद्यालय पठाउन सुरु गरिएको छ । रसुवा भोटेकोशी बाढीबाट विस्थापित भई काठमाडौँमा रहेका १३२ बालबालिकालाई गीतामाता स्कुल, डल्लुमा पढाउन सुरु गरिएको छ ।
काठमाडौं महानगरपालिका (कामपाका) कार्यवाहक प्रमुख सुनिता डंगोललले वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्छ, उनीहरूसँग आत्मीय व्यवहार गरी पढाउन शिक्षासँग आग्रह गरिन् ।
नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित विद्यार्थीलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्य, जनप्रतिनिधि, शिक्षा विभागका अधिकारी विद्यालय पुगेका थिए ।
उक्त विद्यालयमा पढ्ने विद्यार्थीमध्ये केहीका बुबाआमा छैनन् । केहीका बुवा आमामध्ये एक जना छैनन् । कसैका दुवै छै । विद्यार्थीका लागि कोशिस नेपालले झोला र पोशाकको व्यवस्थाका साथै मनोसामाजिक परामर्श प्रदान गरेको छ । आश्रयस्थलबाट विद्यालयसम्म ल्याउन र पुर्याउन र एलआरआइ स्कुलले सवारीसाधन उपलब्ध गराएको छ ।
विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठले गहिरो चिन्तामा परेका विद्यार्थीलाई बल गराएर आउनै पर्छ, भन्ने होइन । परामर्शबाट बिस्तारै सामान्य अवस्थामा ल्याउने प्रयास भइरहेको जानकारी दिए ।
सम्बन्धित समाचार
दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन
बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना सङ्कलन
बाढीपहिरो पीडितको सारथि बन्दै इरसाद आलम
नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग
कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म
चेपाङ संस्कृतिको संरक्षण र प्रवर्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला






