एक्स्ट्रिम इनर्जी ड्रिंक विराट एक्स्पो २०२६ को मुख्य प्रायोजक

विराटनगर । विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ। यसका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक र उद्योग संगठन मोरङबीच शुक्रबार विराटनगरमा औपचारिक सम्झौता भएको हो।

सम्झौताअनुसार म्याक्स टाइगर इनर्जी ड्रिंक एक्स्पोको ‘इनर्जी पार्टनर’ र वामवाम हाइड्रेसन ड्रिंक ‘हाइड्रेसन पार्टनर’ बनेका छन्।

आगामी पौष २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुने विराट एक्स्पोको यो नवौँ संस्करण हो। करिब तीन दशकदेखि उद्योग संगठन मोरङले आयोजना गर्दै आएको यो प्रदर्शनी पूर्वी नेपालको प्रमुख औद्योगिक तथा व्यापारिक मेला मानिन्छ।

आयोजकका अनुसार यस वर्षको एक्स्पोलाई परम्परागत व्यापार प्रदर्शनीभन्दा फराकिलो बनाउँदै ‘लर्न एण्ड वर्क’, ‘बिल्ड’, ‘कनेक्ट’, ‘इन्फ्लुएन्स’, व्यापार विस्तार र मनोरञ्जनसँग जोडिनेछ। एक्स्पोमा उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति निर्माताको सहभागिता रहने अपेक्षा गरिएको छ। २ लाख ५० हजारभन्दा बढी आगन्तुकले अवलोकन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

सम्झौता कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले एक्स्ट्रिम इनर्जी ड्रिंकसँगको सहकार्यले विराट एक्स्पोको प्रभाव र पहुँच थप विस्तार हुने बताए। उनका अनुसार एक्स्पो उत्पादन र सेवाको प्रदर्शनमा मात्र सीमित नभई उद्योग, व्यापार, उद्यमशीलता, लगानी, रोजगारी र नयाँ अवसरलाई जोड्ने साझा मञ्च हो।

विराट एक्स्पो २०२६ का संयोजक विपिन काबराले मुख्य प्रायोजकको सहभागिताले एक्स्पोमा थप ऊर्जा र आकर्षण थपिने बताए। उनले साझेदारीलाई ब्रान्ड प्रवर्द्धनमा मात्र सीमित नराखी एक्स्पोका विभिन्न गतिविधिसँग जोडिने जानकारी दिए।

एक्स्ट्रिम इनर्जी ड्रिंककी व्यापार प्रमुख सोनिया राणाले विराट एक्स्पोको नवौँ संस्करणमा मुख्य प्रायोजकका रूपमा सहकार्य गर्न पाउनु महत्वपूर्ण अवसर भएको बताइन्। उनले एक्स्पोका विविध कार्यक्रममार्फत साझेदारीलाई प्रभावकारी र अर्थपूर्ण बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

उद्योग संगठन मोरङका अनुसार विराट एक्स्पो २०२६ ले उद्योग, व्यापार, प्रविधि, लगानी, उद्यमशीलता र नयाँ पुस्ताका अवसरलाई एउटै मञ्चमा जोड्ने लक्ष्य लिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालियो