काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कालिकोटबाट युवा नेता जीवन सुबेदीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेसको युवा तर्फबाट कालिकोटबाट सर्वसम्मत चयन भएका सुबेदीले पार्टीको केन्द्रीय नेतृत्वमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेको जनाएका हुन्।
सानै उमेरदेखि विद्यार्थी राजनीतिमा सक्रिय सुबेदी हाल व्यवसायमा समेत संलग्न छन्। उनले डिप्लोमा इन्जिनियरिङ तथा राजनीतिशास्त्रमा स्नातक तहको अध्ययन पूरा गरेका छन्। विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका सुबेदीले पार्टी संगठनमा युवाको सहभागिता र भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै आएका छन्।
कालिकोटबाट युवा प्रतिनिधिका रूपमा सर्वसम्मत चयन हुनु आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण उपलब्धि भएको सुबेदीको भनाइ छ। कांग्रेसको आन्तरिक राजनीतिमा उनी सुरुदेखि नै गगन थापा निकट युवा नेताका रूपमा परिचित छन्।
सुबेदीको परिवारको कांग्रेससँगको राजनीतिक सम्बन्ध पनि लामो रहेको छ। २०५४ सालदेखि उनको परिवार कांग्रेसको राजनीतिमा आबद्ध हुँदै आएको थियो। तत्कालीन माओवादी द्वन्द्वको कठिन समयमा समेत आफ्नो परिवार कांग्रेसको पक्षमा उभिएको सुबेदीको भनाइ छ। त्यसैले पार्टीको केन्द्रीय तहमा उम्मेदवारी दिनु आफ्नो परिवार र व्यक्तिगत राजनीतिक यात्राका लागि महत्वपूर्ण चरण भएको उनको भनाई छ।
कांग्रेसको संगठन निर्माणमा युवाको भूमिका बढाउनुपर्ने, नयाँ पुस्तालाई पार्टीको निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा सहभागी गराउनुपर्ने तथा युवा पुस्ताको अपेक्षालाई पार्टीको नीति र नेतृत्वसँग जोड्नुपर्ने सुबेदीले बताए । युवा पुस्ताको प्रतिनिधित्व केवल नारामा सीमित नभई पार्टीको नेतृत्व र नीति निर्माणको तहमा समेत सुनिश्चित हुनुपर्ने उनको धारणा छ।
गत फागुन २१ गते भएको निर्वाचनमा सुबेदी प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस भएका थिए । पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा र आमनिर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस हुनुले उनको राजनीतिक सक्रियता थप अगाडि बढेको उनले बताए ।
कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्ताको सहभागिता र नेतृत्व हस्तान्तरणको विषय महत्वपूर्ण बहसका रूपमा अघि बढिरहेका बेला कालिकोटबाट सुबेदीको उम्मेदवारीले जिल्लाबाट राष्ट्रिय नेतृत्वमा युवा प्रतिनिधित्वको दाबी प्रस्तुत गरेको छ। महाधिवेशनमा उनको उम्मेदवारीसँगै कालिकोटको संगठन, युवा सहभागिता र नयाँ पुस्ताको राजनीतिक प्रतिनिधित्वको विषय पनि चर्चामा आएको छ।
सम्बन्धित समाचार
रास्कोट कांग्रेस नगरसभापतिमा संज्याल सर्वसम्मत
कालिकोटबाट निवर्तमान केन्द्रीय सदस्य अशोकनाथ योगीको देउवालाई आग्रह
संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक: मुख्यमन्त्री शाही
संविधान संशोधनको साहस र स्पष्टता महाधिवेशनबाट ल्याउँछौंः गगन थापा
रास्वपाले प्रधानमन्त्रीलाई भन्यो : राष्ट्रसंघको महासभामा भोटेकोशी विपद सम्बन्धमा सम्बोधनको तयारी गर्नु
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
इलाम कांग्रेसमा ३ जना २१ वर्षमुनिका क्षेत्रीय प्रतिनिधि
आफैँले बनाएको मापदण्ड विपरित राजदूत सिफारिस





