काठमाडौं । एमालेले पूर्वराष्ट्रपतिसमेत रहेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीलाई पार्टीको जिम्मेवारी र भूमिका तोकेको छ । उनलाई अध्यक्ष केपी ओलीपछिको दोस्रो वरीयतामा राखिएको छ ।
पार्टीले तोक्यो भूमिका र जिम्मेवारी
केही दिनअघि सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णय समेटेर एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा भण्डारीलाई पार्टीको दोस्रो वरीयता दिइएको हो ।
भण्डारीले अब केन्द्रीय कमिटीसँगै पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा सहभागी हुन पाउने भएकी छन् । उनले केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा भाग लिने तथा अध्यक्षलाई सहयोग गर्ने र पार्टीलाई सही एवं समयोचित निर्णय गर्न योगदान गर्ने जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने अपानिमा उल्लेख छ ।
वरिष्ठ नेताको हैसियतले पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठाको पक्षपोषण गर्ने तथा केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयले तोकेका कार्यहरू गर्ने जिम्मेवारी भण्डारीले पाएकी छन् ।
एमालेको विधानमा वरिष्ठ नेताको व्यवस्था नभए पनि भण्डारीका लागि सो पद सिर्जना गरिएको हो । वरिष्ठ नेता थप भएपछिको विधानको व्यवस्थालाई आगामी विधान महाधिवेशनले अनुमोदन गर्ने एमालेले जनाएको छ । दुई कार्यकाल राष्ट्रपति हुनुअघि भण्डारी एमालेमा उपाध्यक्षको भूमिकामा थिइन् । भण्डारी अब एमालेमा ओलीपछि शक्तिशाली बनेकी छन् ।
सम्बन्धित समाचार
देउवा समूहले कोशी र मधेशबाहेक पाँच प्रदेशका ५५ जिल्लामा तोक्यो संयोजक, क-कसले पाए जिम्मेवारी ?
स्वदेश फर्किंदै गर्दा भारतीय राजदूत श्रीवास्तवले भेटे प्रधानमन्त्री बालेन
कांग्रेस देउवा समूहको पहिलो दिन ३ हजार १ सय ९१ वडामा अधिवेशन
‘मूलधार कांग्रेस’मा नेता व्यवस्थापनको सकस
कांग्रेस महाधिवेशनमा ओली नजाने, पोखरेल सहभागी हुने
गगनले थापाले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण
कांग्रेस महाधिवेशनः युवा नेतृत्व नाराबाट कोटामा
अन्तर्राष्ट्रिय अभ्यासविपरीत ४० दिनमै खोज–उद्धार स्थगित







