काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित विश्वप्रकाश शर्माले पार्टी सभापतिमा विजयी भएका गगन थापालाई बधाई तथा शुभकामना दिएका छन् ।
शर्माले निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै आज बिहान सामाजिक सञ्जालमार्फत थापालाई शुभकामना दिँदै यो यात्रा सुरुवात मात्र भएको बताएका छन् । देशलाई सही गन्तव्यमा पु¥याउन अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ ।
उनले चुनौतीहरूको संयमतापूर्वक सामना गर्दै फरक विचार र भावना भएका मानिसलाई एकताबद्ध गर्नुपर्ने बताएका छन् । विगतका राम्रा कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गर्नुपर्ने र इतिहासप्रति इमानदार रहनुपर्नेमा पनि उनले जोड दिएका छन् ।
शर्माले सभापतिमा निर्वाचित थापाको नेतृत्वमा देशको समुन्नतिका लागि काम गर्नुपर्ने बताउँदै आफू उनको साथमा रहेको स्पष्ट पारेका छन् ।
‘हामीले सक्नुपर्छ र सक्नेछौँ । अपार विश्वास र दृढ साथका साथ उभिएको छु साथमा, लामबद्ध छौँ साथमा । लु ब्रदर–बलियो कमान्डका लागि शुभकामना!’ शर्माले लेखेका छन् ।
सम्बन्धित समाचार
कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा हुँदै, केन्द्रीय नेताहरू उम्मेदवार बन्दै
स्वदेश फर्किंदै गर्दा भारतीय राजदूत श्रीवास्तवले भेटे प्रधानमन्त्री बालेन
सत्यको पक्षमा छौँ, न्याय पाउँछौँ : डा. प्रकाशशरण महत
कांग्रेस देउवा समूहको पहिलो दिन ३ हजार १ सय ९१ वडामा अधिवेशन
कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, यी हुन् एजेन्डा
एमाले स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति भण्डारीको इन्ट्री
कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व




