काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आजदेखि उपसभापति र महामन्त्रीको मतगणना हुँदैछ । निर्वाचन समितिले उपभापति र महामन्त्रीका उम्मेदवारको बैठक सकिएसँगै मतगणना गर्ने तयारी गरेको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले बताए । उपभापति र महामन्त्रीको गणना पार्टी केन्द्रीय कार्यालय सानेपाका विभिन्न १४ कोठामा हुँदैछ । सीसी क्यामेरा जडान तथा मतगणनामा बस्ने प्रतिनिधिहरूको नाम संकलन भइरहेको छ ।
यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।

उनले पार्टी कार्यालयमा शनिबार सम्बोधन गर्दै खड्गीसहित अबको गणनामा पराजित हुने सबैलाई समेटेर अगाडि बढ्ने वचन दिएका छन् । थापाले पार्टीमा धेरै जिम्मेवारी बहन गर्नुपर्ने भएकाले कोही पनि जिम्मेवारीबाट उम्कन नपाउने भन्दै अहिलेको गणनाबाट क्षणिक रूपमा जित हार देखिए पनि जिम्मेवारीका हिसाबले सबैको उत्तिकै भूमिका हुने विश्वास वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुषाललाई साथमा राखेर दिलाएका छन् ।
सम्बन्धित समाचार
प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने
रास्वपा सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम
यस्ता छन्– मन्त्रिपरिषद्को ६ निर्णय
१० वर्षपछि फुक्यो निजामती कानुनको गाँठो
ऐतिहासिकस्थलमा भोलि कांग्रेसको १५औँ महाधिवेशन हुँदै
कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य
तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने
राष्ट्रपति पौडेलद्वारा विपद्सम्बन्धी अध्यादेश जारी





