काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । यसअघि सुदूरपश्चिम लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।
पोखराले जितको लागि दिएको १४६ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका र २ छक्कासहित ३७ रनको योगदान दिए ।
ब्रान्डन म्याकमुलेनले १२ बलमा २२ रन बनाए भने सैफ जैबले १५ तथा सर्फेन रदरफोर्ड ८ रनमाब अविजित रहे । पोखराका लागि धनञ्जय लक्षण, महेदी हसन र शाकिब अल हसनले समान एक एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको थियो ।
पोखराका लागि अर्जुन घर्तीले उत्कृष्ट ब्याटिङ गर्दै २५ बलमा अविजित ४० रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे ।
त्यस्तै महेदी हसनले २१ बलमा ३२ रन बनाउँदा कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रनको योगदान दिए । शाकिब अल हसनले १६ बलमा १४ रन तथा धनञ्जय लक्षणले १६ बलमा ११ रन बनाए । सदीरा समरविक्रमा आठ रनमा आउट भए ।
सुदूरपश्चिम रोयल्सका बलर अनिल खरेलले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए । उनले तीन ओभरमा २३ रन खर्चिए । त्यस्तै स्कट कुगेलाइन, दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले समान एक एक विकेट हात पारे ।
सम्बन्धित समाचार
एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
विश्वकप लिग–२ शृंखला : नेपालले आज ओमानविरुद्ध खेल्दै, यसकारण महत्वपूर्ण छ यो खेल
एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने
एनपीएलको नयाँ उडान: नेपाली क्रिकेटले खोजेको व्यावसायिक भविष्य
एनपीएल विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने
श्रीलंकाका परेराले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने
एनपीएलमा आज दुईवटा खेल
ह्यारी केनलाई ब्यालन डी’ओर






