सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

काठमाडौं । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा विदेशी नागरिक रहेको जनाइएको छ ।

फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किएर दुर्घटना भएको जानकारी आएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, फेरिचे हेलिप्याडमा अवतरणको क्रममा दुई हेलिकोप्टरको पंखा ठोक्किएको जानकारी आएको र त्यस’bout थप बुझ्ने प्रयास भइरहेको छ ।

दुर्घटनामा घाइते भएका विदेशी नागरिकलाई माउन्टेन हेलिकोप्टरबाट उपचारका लागि पठाइएको स्थानीयले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएलमा आज दुई खेल हुँदै, विराटनगरसँग जनकपुर र लुम्बिनीसँग पोखरा भिड्दै