धनगढी । ग्राहकलाई गुणस्तरीय सेवा दिँदै आएको ‘सफल मार्ट’ ले आफ्नो व्यावसायिक सेवा विस्तार गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
मार्टको एक समारोहबीच नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्पराज कुँवर र कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझाले संयुक्त रूपमा रिबन काटेर तथा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको हो ।
झन्डै तीन दशकदेखि ग्राहकको सेवामा क्रियाशील सफल मार्टको यो सातौँ शाखा हो । नयाँ शाखा सञ्चालनमा आएसँगै धनगढी तथा आसपासका क्षेत्रका ग्राहकले घरायसी तथा व्यावसायिक प्रयोजनका आवश्यक सामग्रीहरू एउटै स्थानबाट सहज रूपमा खरिद गर्न सक्ने विश्वास लिइएको छ ।
नयाँ शाखाबाट घरायसी प्रयोजनका सम्पूर्ण सामग्रीका साथै होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, होस्टेललगायत विभिन्न व्यावसायिक प्रतिष्ठानहरूलाई आवश्यक पर्ने थोक तथा खुद्रा सामग्रीहरू समेत उपलब्ध गराइने मार्टले जनाएको छ ।
सफल मार्टका अध्यक्ष लक्ष्मण भण्डारीको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा विभिन्न उद्योगी, व्यवसायी, स्थानीय जनप्रतिनिधि, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । यस शाखाको विस्तारसँगै मार्टले सुदूरपश्चिम प्रदेशमा आफ्नो व्यावसायिक उपस्थिति थप मजबुत बनाएको छ ।
सम्बन्धित समाचार
हिमशिखर सहकारीको १८औँ साधारणसभा सम्पन्न, सम्पत्ति एक अर्बभन्दा बढी पुग्ने अनुमान
दसैं बिदापछिको पहिलो कारोबार दिन झन्डै साढे ४ अंकले घट्यो नेप्से
विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट
३३ अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार
सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गभर्नरको तजबिजीमा आइएमएफ सल्लाहकारमा गैरकानुनी नियुक्ति
बिस्कोको सकृयता तीन दशक नजिक






