नारायणगढ (चितवन) । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा आज बिहान सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार बिहान करिब ५ बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो ।
प्रहरी र सडक डिभिजन कार्यालयको पहलमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताए । पहिरो हटाएर सडक खुलाउन एकदेखि दुई घण्टा लाग्ने अनुमान गरिएको उनले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)
सम्बन्धित समाचार
बबरमहलको आकाशे पुल यसै सातादेखि सञ्चालनमा आउने
शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
पृथ्वी राजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध
कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
हेलिकप्टर दुर्घटनाको छानबिन सुरु
बझाङको केदारस्युँमा जिप दुर्घटना, २ जनाको मृत्यु
भारतका विदेश सचिव मिश्री नेपाल भ्रमणमा
कात्तिक २४ र २५ गते उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने






