राजविराज । आफन्त बेपत्ता भएको शोक र चिन्ताले छटपटाई रहेका सप्तरीको राजविराज नगरपालिका वडा नं. १६ का तीन सदा परिवारमा छठ पर्वको कुनै रौनक छैन।
उक्त वडाका ४० वर्षिय बेचन सदा, ३५ वर्षिय शिव कुमार सदा र ३२ वर्षिय सुरेन्द्र सदा गत भदौं १० गते रसुवामा आएको विनाशकारी बाढी पछि बेपत्ता छन् । त्रिशुली ३ बी जल विद्युत आयोजनामा कामदारका रुपमा कार्यरत उनीहरुको अवस्था अझैं अज्ञात रहदा परिवारजनमा चाडपर्वको कुनै उल्लास छैन । “घर परिवार पाल्ने अभिभावक नै बेपत्ता रहे रहे पछि दशैं तिहार शोक र चिन्तामै बित्यो, सदा परिवारका सदस्यहरु भन्छन्– छठ पर्व पनि उस्तै गरी बित्ने भो ।”
अघिल्लो वर्षसम्म छठ पर्वमा सोही वडा स्थित पुरना पोखरी किनारमा उनीहरुको उत्साहजनक उपस्थिति हुन्थ्यो । त्यहा अस्ताउँदो सूर्यको अराधना र भोली पल्ट उदाउदो सूर्यको पूजामा तीनैजना सदा परिवारको सहभागीता हुने गथ्र्यो । तर, भदौं १० गतेको घटना पछि अहिले परिवारजनमा त्यो उत्साह छैन । छ त मात्र मनभरी पीडा ।
यो वर्ष चाडपर्व मनाउन न त उत्साह छ न त प्रसाद सामग्री किन्ने पैसा नै, बेपत्ता बेचन सदाका नाबालक सन्तान १३ वर्षिय सुभाषले भने– दुई छाक गर्जो टार्न पनि अहिले मुस्किल छ । उनी सात वर्षिया बहिनी निभा तर्फ संकेत गर्दै थपे– हामी दाजु बहिनी अहिले टुहुरा भएका छौं ।” सुभाष–निभा दाजु बहिनीको आमा फुलिया देवीको एक वर्ष अघि मात्र क्यान्सर रोगले निधन भएको थियो । आमाको निधनको पीडाबाट सम्हालिन नपाउदै बुवा बेचन समेत बेपत्ता हुँदा चाडपर्वको खुशी भन्दा हातमुख जोर्ने समस्या ठुलो भएको उनीहरु बताउँछन् ।
सदा बस्तीका यी दाजु बहिनीको जस्तै पीडा सुरेन्द्र सदाका श्रीमती ३० वर्षिया दोरोपति र शिव कुमार सदाका ३१ वर्षिया श्रीमती गुडिया सदाको पनि छ । “चाडपर्वका बेला श्रीमानले कमाएर ल्याउनु हुन्थ्यो र परिवारमा खुशी छाउथ्यो, गुडियाले भनिन– अहिले श्रीमानको कुर्नै खबर छैन, चार जना नाबालक सन्तानको पेट कसरी पाल्ने भन्ने चिन्तामै दिन र रात बित्ने गरेको छ ।”
अर्का बेपत्ता सुृरेन्द्र सदाका श्रीमती दोरोपति चारै तिर छठ पर्वको उल्लास छाई रहेका बेला आफुलाई भने तीन नाबालक सन्तानलाई के लान र खान दिने भन्ने चिन्ताले निन्द्रा हरेको सुनाईन् । श्रीमान बेपत्ता हुँदा पर्व मान्ने रौनकता हराएको उनले पीडा पोखिन्। अघिल्लो वर्षसम्म छठको बेला घर–घरमा रमाउने गरेका उनीहरुलाई अभिभावकको अनुपस्थिति सपना झैं भएको छ । अझैं अभिभावक फर्केर आउँछन् भन्ने आशमा आफुहरुले अहिलेसम्म अन्त्येष्टीका कुनै विधी प्रक्रिया नगरेको समेत उनीहरु सुनाउँछन् ।
जिल्ला विपद् व्यवस्थापन समितिको पाँच दिन अघि बसेको बैठकले भोटेकोशी बाढीमा बेपत्ता भएका तीन सदा परिवार सहित सप्तरीका ५२ जनाको नाम प्रमाणिकरण गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण तथा मधेश प्रदेशको गृह संचार तथा कानून मन्त्रालयमा पठाई सहयोगका लागि पहल गरी रहेको जनाएको छ ।
सम्बन्धित समाचार
बारामा गोली चल्दा पासवान घाइते
फेटा घटनाका घाइते आदित्यलाई थप उपचारका काठमाडौं लगियो
४ दिनदेखि बेपता किशोरी फेसबुकमा देखिएपछि परिवारजन चकित
जमिनमुनि गाडिएका तीनवटा ड्रममा करोडौँ रुपैयाँ
मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल
स्याङ्जामा आलुमा आत्मनिर्भर बनाउन अनुदान
ट्रम्पको बिबिसीविरुद्धको मुद्दा अघि बढ्ने
एनपीएल : आज पोखरा एभेन्जर्स र विराटनगर किङ्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्दै






