काठमाडौं । साताको कारोबारको चौथो दिन बिहीबार नेप्से परिसूचक झिनो अंक बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्से आज भने थोरै बढेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.६२ अंक बढेर २६२८.६७ विन्दुमा उक्लिएको छ। सेन्सेटिभ इण्डेक्स ०.७८ अंक, फ्लोट इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक बढेको छ।
१३ मध्ये आज पाँच उपसमूहको परिसूचक बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक १.२९ प्रतिशत बढेको छ। बैंकिङ, वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ। बुधबार चार अर्ब १५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३४७ स्टकको ४० हजार ८३७ पटकको कारोबारमा तीन अर्ब ८७ करोड ७६ लाख ४५ हजार रुपैयाँबराबरको ९४ लाख ३७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
बिहीबार एनआईसी एसिया बैंकको १६ करोड ७८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। पिपुल्स हाइड्रोपावर कम्पनीको १५ करोड रुपैयाँभन्दा बढी र सेन्ट्रल फाइनान्सको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ।
आज बोटलर्स नेपालको सेयरमूल्य ६ प्रतिशत बढेको छ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य करिब ५ प्रतिशत बढेको छ।
सम्बन्धित समाचार
१३ अंकले घट्यो नेप्से, कारोबारमा भारी गिरावट
एक अमेरिकी डलर किन्न तिर्नुपर्छ आज १५१ रुपैयाँ ४७ पैसा
एनपिएलमार्फत अन्तरराष्ट्रियस्तरमा चम्किँदै नेपालको पर्यटन
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनचाँदीको मूल्यमा आज पनि गिरावट, कतिमा भइराखेको छ कारोबार ?
आर्थिक नगरीमा कर दिवसः संकलन सदुपयोगको सवाल






