आधारभूत तहको शैक्षिक मूल्याङ्कन प्रणाली: विगतको समीक्षा, वर्तमान अवस्था र भावी कार्यदिशा

सारांश
विद्यालय शिक्षाको आधारभूत तह कक्षा १–५ बालबालिकाको भाषा, गणितीय सीप, सामाजिक व्यवहार, सिर्जनशीलता र सिकाइप्रतिको दृष्टिकोण विकास हुने महत्त्वपूर्ण चरण हो। यस तहमा गरिने मूल्याङ्कनले विद्यार्थीले कति ज्ञान प्राप्त गरे भन्ने मात्र नभई उनीहरूले कसरी सिकिरहेका छन्, कहाँ कठिनाइ अनुभव गरिरहेका छन् र उनीहरूको सिकाइ सुधार गर्न के गर्नुपर्छ भन्ने जानकारी दिनुपर्छ। नेपालमा परम्परागत लिखित परीक्षा र नतिजामुखी मूल्याङ्कनबाट निरन्तर विद्यार्थी मूल्याङ्कन हुँदै सिकाइकेन्द्रित मूल्याङ्कनतर्फ जाने नीतिगत प्रयास भएका छन्। तथापि, नीतिगत व्यवस्था र कक्षाकोठाको अभ्यासबीच अझै अन्तर देखिन्छ। प्रस्तुत लेखले कक्षा १–५ को मूल्याङ्कन प्रणालीका विगतका अभ्यासको समीक्षा गर्दै वर्तमानमा सिकाइका लागि मूल्याङ्कनको अवधारणा, कार्यान्वयनका चुनौती र सुधारका सम्भावित कार्यदिशा’bout चर्चा गरेको छ। लेखले मूल्याङ्कनलाई परीक्षा र अभिलेखमा सीमित नराखी शिक्षण सुधार, प्रभावकारी पृष्ठपोषण, सुधारात्मक तथा उपचारात्मक सिकाइ, विद्यार्थीको सक्रिय सहभागिता र समावेशी शिक्षासँग जोड्नुपर्ने निष्कर्ष प्रस्तुत गरेको छ।

विषय प्रवेश
विद्यालय शिक्षाको गुणस्तर सुधारमा पाठ्यक्रम, शिक्षण विधि, सिकाइ सामग्री र मूल्याङ्कन प्रणालीको महत्त्वपूर्ण भूमिका हुन्छ। यीमध्ये मूल्याङ्कन शिक्षण–सिकाइ प्रक्रियाको अभिन्न अङ्ग हो। मूल्याङ्कनले विद्यार्थीले अपेक्षित सिकाइ उपलब्धि हासिल गरे वा गरेनन् भन्ने जानकारी दिनुका साथै शिक्षकलाई आफ्नो शिक्षण प्रभावकारी भए वा नभएको समीक्षा गर्न सहयोग गर्छ। त्यसैले मूल्याङ्कनलाई शैक्षिक वर्षको अन्त्यमा नतिजा निकाल्ने प्रक्रियाका रूपमा मात्र बुझ्नु उपयुक्त हुँदैन।

कक्षा १–५ बालबालिकाको विद्यालय जीवनको आधार निर्माण हुने अवधि हो। यस समयमा उनीहरूले अक्षर चिन्ने, पढ्ने, लेख्ने, सङ्ख्या बुझ्ने, गणना गर्ने, प्रश्न सोध्ने, साथीहरूसँग सहकार्य गर्ने र ’roundको वातावरणसँग सम्बन्ध स्थापित गर्ने सीप विकास गर्छन्। सबै बालबालिकाको सिक्ने गति, रुचि, भाषा, पारिवारिक पृष्ठभूमि र सिकाइको अवसर समान हुँदैन। त्यसैले उनीहरूलाई एउटै समयमा एउटै प्रश्न सोधेर वा लेख्न दिएर त्यसैको मापनमा प्राप्त अङ्कका आधारमा मात्र मूल्याङ्कन गर्दा उनीहरूको वास्तविक सिकाइ अवस्था पूर्ण रूपमा पहिचान गर्न र वास्तविक तथा वस्तुनिष्ठ मूल्याङ्कन गर्न सकिँदैन।

नेपालको विद्यालय शिक्षामा पनि मूल्याङ्कनलाई बालमैत्री, निरन्तर, सिकाइ उपलब्धीमा आधारित, सिकाइ सुधारमुखी बनाउने प्रयास हुँदै आएका छन्। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ तथा आधारभूत तह कक्षा १–३ को एकीकृत पाठ्यक्रमले सिकाइ उपलब्धि र विद्यार्थीको समग्र विकासलाई महत्त्व दिएका छन् भने शैक्षिक सत्र २०८३ देखि लागु भएको कक्षा ५ सम्म परीक्षा विहिन मूल्याङ्कन पनि त्यस्कै जगमा आधारित रहेको छ तर नीतिमा उल्लेख गरिएका प्रावधान कक्षाकोठामा कसरी कार्यान्वयन भइरहेका छन् भन्ने प्रश्न अझै महत्त्वपूर्ण छ। यस सन्दर्भमा विगतका अभ्यासको समीक्षा, वर्तमान अवधारणाको स्पष्टता र भावी कार्यदिशाको पहिचान आवश्यक देखिन्छ।

विगतका मूल्याङ्कन अभ्यासको समीक्षा
परम्परागत परीक्षा र नतिजामुखी मूल्याङ्कन

नेपालको विद्यालय शिक्षामा लामो समयसम्म लिखित परीक्षा, मौखिक प्रश्नोत्तर, गृहकार्य र वार्षिक परीक्षालाई विद्यार्थीको सिकाइ मूल्याङ्कन गर्ने प्रमुख माध्यमका रूपमा प्रयोग गरियो। परीक्षाबाट प्राप्त अङ्क, श्रेणी वा उत्तीर्ण–अनुत्तीर्ण अवस्थालाई विद्यार्थीको उपलब्धि मापन गर्ने आधार मान्ने अभ्यास प्रचलित रह्यो। यस्तो व्यवस्थामा विद्यार्थीले कति तथ्य सम्झिए, कति प्रश्नको उत्तर लेखे र कति अङ्क प्राप्त गरे भन्ने पक्षले बढी महत्त्व पाउँथ्यो।

परम्परागत परीक्षाका केही उपयोगिता पनि छन्। यसले निश्चित समयभित्र विद्यार्थीको उपलब्धि जाँच्न, प्रश्नअनुसार उत्तर दिने क्षमता बुझ्न र केही सिकाइ उपलब्धिको तुलना गर्न सहयोग गर्छ। तर प्रारम्भिक कक्षाका बालबालिकाको सिकाइ मापनमा यसलाई एकमात्र आधार बनाउँदा समस्या उत्पन्न हुन्छ। लेखन सीप कमजोर भए पनि मौखिक रूपमा राम्रोसँग अभिव्यक्त गर्न सक्ने, गणना गर्न सक्ने तर उत्तर लेख्न कठिनाइ हुने वा आफ्नै गति र तरिकाले सिक्ने बालबालिकाको क्षमता परीक्षामा पर्याप्त रूपमा प्रतिबिम्बित नहुन सक्छ।

त्यसैगरी, परीक्षामा राम्रो अङ्क ल्याउने दबाबले शिक्षकलाई पाठ्यपुस्तकका प्रश्न अभ्यास गराउन र विद्यार्थीलाई उत्तर कण्ठ गर्न प्रेरित गर्न सक्छ। यस्तो अभ्यासमा सिकाइको प्रक्रिया, सिर्जनशीलता, जिज्ञासा, व्यवहारिक प्रयोग र व्यक्तिगत प्रगतिले अपेक्षित महत्त्व नपाउन सक्छन्। फलतः मूल्याङ्कन सिकाइ सुधारको माध्यमभन्दा उपलब्धि वर्गीकरण गर्ने साधन बन्ने जोखिम रहन्छ।

निरन्तर विद्यार्थी मूल्याङ्कनको विकास
परम्परागत परीक्षाका सीमिततालाई सम्बोधन गर्न नेपालमा निरन्तर विद्यार्थी मूल्याङ्कन (Continuous Assessment System—CAS) को अभ्यास विकास गरिएको हो। सन् १९९९ तिर केही जिल्लामा सुरु गरिएको यो अभ्यास पछि क्रमशः विस्तार गरिएको थियो। यसले विद्यार्थीको सिकाइलाई एकपटकको परीक्षाभन्दा नियमित कक्षाकार्य, गृहकार्य, परियोजना, सिर्जनात्मक कार्य, सहभागिता र व्यवहारका आधारमा बुझ्ने उद्देश्य राख्यो (Nepal News, 2026)।

निरन्तर मूल्याङ्कनको मूल मान्यता विद्यार्थीको सिकाइलाई नियमित रूपमा अवलोकन गर्नु, कठिनाइ पहिचान गर्नु र आवश्यक सहयोग उपलब्ध गराउनु हो। यसले शिक्षकलाई विद्यार्थीको प्रगति अभिलेख राख्न र सिकाइमा पछि परेका बालबालिकाका लागि थप अभ्यास तथा सहयोगको योजना बनाउन अवसर दिन्छ। कक्षा १–३ मा यस्तो प्रणाली विशेष रूपमा उपयोगी हुन्छ, किनकि यस तहका बालबालिकाले खेल, कुराकानी, अवलोकन, प्रयोग र दैनिक क्रियाकलापबाट सिक्छन्।

तर निरन्तर मूल्याङ्कनको नीतिगत व्यवस्था हुनु र त्यसको उद्देश्यअनुसार अभ्यास हुनु फरक विषय हुन्। कतिपय अवस्थामा निरन्तर मूल्याङ्कनलाई दैनिक अङ्क दिने, चेकलिस्ट भर्ने, पोर्टफोलियो तयार गर्ने वा विद्यार्थीको उपस्थिति अभिलेख राख्ने काममा सीमित गरिएको पाइन्छ। अभिलेख राख्नु आवश्यक भए पनि त्यसबाट प्राप्त जानकारीका आधारमा शिक्षणमा सुधार नगरेसम्म मूल्याङ्कनको मुख्य उद्देश्य पूरा हुँदैन।

यसैले विगतको अभ्यासबाट प्राप्त मुख्य पाठ के हो भने मूल्याङ्कनको प्रभावकारिता यसको नाम, फाराम वा नीतिगत व्यवस्थामा मात्र निर्भर हुँदैन; शिक्षकले प्राप्त सूचनालाई कसरी प्रयोग गर्छन् भन्ने कुरामा निर्भर हुन्छ।

एकीकृत पाठ्यक्रम र मूल्याङ्कनको नयाँ सन्दर्भ
नेपालको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को आधारमा कक्षा १–३ मा एकीकृत पाठ्यक्रम लागू गर्ने प्रक्रिया सुरु भयो। कक्षा १ को पाठ्यक्रम सन् २०१९ मा १०० भन्दा बढी विद्यालयमा परीक्षण गरिएको थियो र सन् २०२० देखि देशभर कार्यान्वयनमा लगिएको थियो। त्यसपछि कक्षा २ र ३ मा पनि एकीकृत पाठ्यक्रम विस्तार गरियो (CDC, 2024)।

एकीकृत पाठ्यक्रमले विषयवस्तुलाई अलग-अलग रूपमा सिकाउनेभन्दा विभिन्न ज्ञान र सीपलाई आपसमा सम्बन्धित गराएर सिकाउने दृष्टिकोण अपनाउँछ। भाषा, गणित, हाम्रो सेरोफेरो तथा सिर्जनात्मक र व्यवहारिक क्रियाकलापबाट विद्यार्थीलाई जीवनसँग सम्बन्धित सिकाइ अनुभव प्रदान गर्ने यसको उद्देश्य हो।

यस परिवर्तनले मूल्याङ्कनको स्वरूपमा पनि परिवर्तन आवश्यक बनाएको छ। उदाहरणका लागि, विद्यार्थीले बोटबिरुवाका नाम कण्ठ गरे वा गरेनन् भन्ने प्रश्न मात्र पर्याप्त हुँदैन। उसले विद्यालयको बगैँचामा बिरुवा पहिचान गर्न, त्यसको आवश्यकता बताउन, वृद्धि अवलोकन गर्न, मापन गर्न र आफ्नो अनुभव मौखिक वा लिखित रूपमा व्यक्त गर्न सक्छ कि सक्दैन भन्ने पनि मूल्याङ्कन गर्नुपर्छ। यस अर्थमा एकीकृत पाठ्यक्रमसँग मेल खाने मूल्याङ्कनले ज्ञान, सीप, व्यवहार, सहभागिता र वास्तविक जीवनमा ज्ञान प्रयोग गर्ने क्षमतालाई समेट्नुपर्छ।

वर्तमानमा सिकाइका लागि मूल्याङ्कनको अवधारणा
सिकाइका लागि मूल्याङ्कन (Assessment for Learning—AfL) भनेको शिक्षण–सिकाइ भइरहेकै समयमा विद्यार्थीको सिकाइसम्बन्धी प्रमाण सङ्कलन गरी त्यसका आधारमा शिक्षण र सिकाइ सुधार गर्ने प्रक्रिया हो। यसको उद्देश्य विद्यार्थीले कति अङ्क प्राप्त गरे भन्ने जानकारी दिनु मात्र नभई उनीहरूलाई अर्को चरणमा कसरी सिक्ने भन्ने मार्गदर्शन गर्नु हो।

यस प्रक्रियामा शिक्षकले सिकाइ उद्देश्य स्पष्ट पार्छन्, विद्यार्थीको वर्तमान अवस्था बुझ्छन्, उनीहरूको कठिनाइ पहिचान गर्छन्, उपयोगी प्रतिपुष्टि दिन्छन् र आवश्यकताअनुसार शिक्षण विधि परिवर्तन गर्छन्। विद्यार्थीले पनि आफ्नो सिकाइ’bout सोच्ने, प्रश्न सोध्ने, साथीबाट सिक्ने र सुधार गर्नुपर्ने पक्ष पहिचान गर्ने अवसर पाउँछन्।

Black र Wiliam (2009) ले कक्षाकोठामा गरिने मूल्याङ्कनलाई शिक्षण सुधारसँग जोड्ने अभ्यासको महत्त्व देखाएका छन्। उनीहरूको दृष्टिकोणअनुसार प्रभावकारी मूल्याङ्कनमा स्पष्ट सिकाइ उद्देश्य, प्रश्नोत्तर, पृष्ठपोषण, सहपाठी मूल्याङ्कन र आत्ममूल्याङ्कनजस्ता अभ्यास उपयोगी हुन्छन्।

सिकाइका लागि मूल्याङ्कन र सिकाइको मूल्याङ्कनबीचको भिन्नता
सिकाइका लागि मूल्याङ्कन र सिकाइको मूल्याङ्कन (Assessment of Learning) बीच उद्देश्यगत भिन्नता छ। सिकाइका लागि मूल्याङ्कनले विद्यार्थीको सिकाइ सुधारमा ध्यान दिन्छ भने सिकाइको मूल्याङ्कनले निश्चित अवधिपछि हासिल भएको उपलब्धि पहिचान गर्छ। यी दुवै आवश्यक छन्, तर कक्षा १– मा दैनिक शिक्षणसँग जोडिएको सिकाइकेन्द्रित मूल्याङ्कनलाई विशेष प्राथमिकता दिनुपर्छ।

उदाहरणका लागि, कक्षा २ को विद्यार्थीले दुई अङ्कको सङ्ख्या जोड्दा बारम्बार गल्ती गर्छ भने शिक्षकले सही उत्तर मात्र लेखिदिएर अर्को प्रश्न दिनु पर्याप्त हुँदैन। विद्यार्थीले एकाइ र दहाइको अवधारणा बुझेको छ कि छैन, वस्तु गनेर जोड्न सक्छ कि सक्दैन र कुन चरणमा गल्ती गर्छ भन्ने पत्ता लगाउनुपर्छ। त्यसपछि ढुङ्गा, बियाँ, काठका टुक्रा वा अन्य स्थानीय सामग्री प्रयोग गरेर थप अभ्यास गराउन सकिन्छ। यसरी मूल्याङ्कनबाट प्राप्त जानकारी शिक्षणको अर्को निर्णयसँग जोडिन्छ। यही सिकाइका लागि मूल्याङ्कनको सार हो।

प्रभावकारी पृष्ठपोषणको भूमिका
पृष्ठपोषण सिकाइ सुधारको महत्त्वपूर्ण आधार हो। ‘राम्रो’, ‘कमजोर’ वा ‘फेरि गर’ जस्ता सामान्य टिप्पणीभन्दा विद्यार्थीले के राम्रो गरेको छ, कहाँ गल्ती भएको छ र अब कसरी सुधार गर्न सक्छ भन्ने स्पष्ट जानकारी दिनु प्रभावकारी हुन्छ।

उदाहरणका लागि, विद्यार्थीले एउटा कथा सुनाउँदा पात्र र घटनाको क्रम मिलाउन सकेको छ तर अन्त्य स्पष्ट गर्न सकेको छैन भने शिक्षकले “तिमीले पात्र र घटना राम्रोसँग सुनायौ। अब कथाको अन्त्यमा के भयो भन्ने कुरा पनि क्रम मिलाएर भन” भन्न सक्छन्। यस्तो पृष्ठपोषणले विद्यार्थीलाई आफ्नो कमजोरी बुझ्न र सुधार गर्न मद्दत गर्छ।

पृष्ठपोषण समयमै, सरल भाषामा, विद्यार्थीको प्रयासलाई सम्मान गर्दै र सुधारको स्पष्ट बाटोसहित दिनुपर्छ। विद्यार्थीलाई अरूसँग तुलना गर्ने, सार्वजनिक रूपमा कमजोर घोषणा गर्ने वा गल्तीका कारण लज्जित बनाउने अभ्यासले सिकाइप्रतिको आत्मविश्वास घटाउन सक्छ।

मूल्याङ्कनका विधिमा विविधता
कक्षा १–५ मा विद्यार्थीको सिकाइ बुझ्न लिखित परीक्षासँगै विभिन्न विधिको प्रयोग गर्नुपर्छ। अवलोकन मार्फत समूहकार्य, खेल तथा प्रयोगमा विद्यार्थीको सहभागिता र व्यवहार बुझ्न सकिन्छ भने मौखिक प्रश्नोत्तर बाट उनीहरूको विचार, अनुभव र बुझाइ पहिचान गर्न सकिन्छ। त्यसैगरी, कक्षाकार्य तथा कार्यसम्पादन बाट पढ्ने, लेख्ने, गणना गर्ने र समस्या समाधान गर्ने सीप मूल्याङ्कन गरिन्छ। परियोजना तथा व्यवहारिक कार्य मार्फत विद्यार्थीको व्यावहारिक ज्ञान र सिर्जनशीलता पहिचान गरिन्छ। पोर्टफोलियो ले विद्यार्थीका कार्य तथा सिकाइ प्रगतिको अभिलेख राख्न सहयोग गर्छ भने आत्ममूल्याङ्कन तथा सहपाठी मूल्याङ्कन ले आफ्ना सिकाइका उपलब्धि, कठिनाइ र सुधारका क्षेत्र पहिचान गर्न मद्दत गर्छ।यी विधि छनोट गर्दा सम्बन्धित सिकाइ उपलब्धि, विद्यार्थीको उमेर र गतिविधिको प्रकृतिलाई ध्यान दिनुपर्छ। सबै विधि हरेक पाठमा प्रयोग गर्न आवश्यक छैन; उपयुक्त विधिको सन्तुलित प्रयोग आवश्यक हुन्छ।

वर्तमान अभ्यासका चुनौती र नीतिगत अन्तर
नेपालमा मूल्याङ्कन सुधारका लागि नीतिगत व्यवस्था भए पनि यसको कार्यान्वयनमा विभिन्न चुनौती छन्। प्राज्ञिक अध्ययनहरूले पनि निरन्तर मूल्याङ्कनसम्बन्धी नीतिगत प्रावधान र वास्तविक कक्षाकोठाको अभ्यासबीच अन्तर रहेको देखाएका छन् (Prajapati, 2024)।

पहिलो चुनौती शिक्षकको अवधारणागत स्पष्टता र व्यावहारिक सीपसँग सम्बन्धित छ। मूल्याङ्कनलाई निरन्तर रूपमा सञ्चालन गर्ने, प्रमाण अभिलेख गर्ने, सिकाइको कठिनाइ पहिचान गर्ने र प्राप्त सूचनाका आधारमा शिक्षण सुधार गर्ने सीप सबै शिक्षकमा समान रूपमा विकास भएको छैन। छोटो अवधिका अभिमुखीकरणले अवधारणा परिचित गराउन सक्छन्, तर प्रभावकारी अभ्यास विकास गर्न प्रदर्शन, अभ्यास, सहकर्मी अवलोकन र निरन्तर पेसागत सहयोग आवश्यक हुन्छ।

दोस्रो चुनौती ठूलो कक्षा र सीमित समय हो। एउटै कक्षामा धेरै विद्यार्थी हुँदा प्रत्येकको सिकाइ नियमित रूपमा अवलोकन गर्ने, व्यक्तिगत प्रतिपुष्टि दिने र अभिलेख अद्यावधिक गर्ने काम कठिन हुन सक्छ। शिक्षकको कार्यभार र प्रशासनिक जिम्मेवारीले पनि कक्षागत मूल्याङ्कनमा प्रभाव पार्न सक्छ।

तेस्रो चुनौती मूल्याङ्कन सामग्री र स्थानीय स्रोतको कमी हो। सबै विद्यालयमा पर्याप्त शिक्षण सामग्री, उपयुक्त कार्यपत्र, व्यवस्थित अभिलेख प्रणाली र शान्त सिकाइ वातावरण उपलब्ध नहुन सक्छ। यद्यपि मूल्याङ्कनका लागि महँगा सामग्री नै आवश्यक हुँदैनन्, स्थानीय रूपमा उपलब्ध वस्तुको शैक्षिक प्रयोग गर्न शिक्षकलाई सीप र अवसर चाहिन्छ।

चौथो चुनौती अभिभावक र समाजको परीक्षामुखी अपेक्षा हो। कतिपय अभिभावकले विद्यार्थीको सिकाइलाई अङ्क, ग्रेड र परीक्षाको नतिजाबाट मात्र बुझ्न सक्छन्। निरन्तर मूल्याङ्कनमा लिखित परीक्षा कम हुँदा विद्यार्थीले वास्तवमै सिकेका छन् कि छैनन् भन्ने अन्योल उत्पन्न हुन सक्छ। त्यसैले अभिभावकलाई मूल्याङ्कनका उद्देश्य, विधि र प्रगति अभिलेख’bout जानकारी दिन आवश्यक छ।

पाँचौँ चुनौती मूल्याङ्कनबाट प्राप्त सूचनाको प्रयोग हो। फाराम भर्ने र प्रतिवेदन बुझाउने कार्य पूरा भए पनि विद्यार्थीले अपेक्षित सीप हासिल नगरेको अवस्थामा पुनःशिक्षण, थप अभ्यास वा वैकल्पिक शिक्षणको व्यवस्था नभए मूल्याङ्कनको प्रभाव सीमित हुन्छ। यसले मूल्याङ्कनलाई प्रक्रियामुखी औपचारिकतामा सीमित गर्ने जोखिम बढाउँछ।

त्यसैले समस्या निरन्तर मूल्याङ्कनको अवधारणामा मात्र होइन, त्यसलाई कार्यान्वयन गर्ने शिक्षकको क्षमता, संस्थागत सहयोग, अभिभावकको बुझाइ र प्रणालीको जवाफदेहितासँग पनि सम्बन्धित छ।

अबको कार्यदिशा
मूल्याङ्कनलाई शिक्षण–सिकाइको अभिन्न अङ्ग बनाउन मूल्याङ्कनलाई पाठ सकिएपछि गर्ने छुट्टै कार्यका रूपमा नभई प्रत्येक पाठको योजना, सञ्चालन र समीक्षा प्रक्रियामा समावेश गर्नुपर्छ। शिक्षकले पाठ सुरु गर्दा सिकाइ उद्देश्य स्पष्ट गर्ने, शिक्षणका क्रममा विद्यार्थीको बुझाइ जाँच्ने र पाठको अन्त्यमा प्राप्त प्रमाणका आधारमा अर्को चरणको योजना बनाउने अभ्यास गर्नुपर्छ।

सिकाइ उपलब्धिमा आधारित मूल्याङ्कनमा जोड दिदै कक्षा १–३ का प्रत्येक सिकाइ उपलब्धिलाई सरल र अवलोकन गर्न सकिने सूचकमा रूपान्तरण गर्नुपर्छ। उदाहरणका लागि, ‘विद्यार्थीले अनुच्छेद पढ्छ’ भन्ने उपलब्धिलाई शब्द पहिचान, उचित गति, अर्थ बुझाइ र पढेको विषय’bout प्रतिक्रिया दिन सक्ने क्षमतासँग जोडेर मूल्याङ्कन गर्न सकिन्छ। यस्ता सूचकले शिक्षकलाई के हेर्ने र विद्यार्थीलाई के सुधार गर्ने भन्ने स्पष्ट बनाउँछन्।

शिक्षकको पेसागत क्षमता विकास अन्तर्गत शिक्षक तालिमलाई सैद्धान्तिक व्याख्यानमा सीमित नराखी वास्तविक कक्षाकोठाका उदाहरणमा आधारित बनाउनुपर्छ। नमुना पाठ सञ्चालन, मूल्याङ्कन उपकरण निर्माण, विद्यार्थीको कार्य विश्लेषण, प्रतिपुष्टि दिने अभ्यास र सहकर्मी छलफललाई तालिमको अङ्ग बनाउन सकिन्छ। विद्यालयभित्र नियमित शिक्षक बैठक र सहकर्मी अवलोकनबाट पनि क्षमता विकास गर्न सकिन्छ।

उपचारात्मक र सुधारात्मक सिकाइको व्यवस्था सुनिश्चित गर्न विद्यार्थीले सिक्न नसकेको कुरा पत्ता लगाएपछि त्यसको समाधानका लागि योजना बन्नुपर्छ। विद्यार्थीलाई कमजोर भनेर वर्गीकरण गर्नुको सट्टा उनीहरूको कठिनाइअनुसार थप अभ्यास, वैकल्पिक व्याख्या, सानो समूहमा सिकाइ र व्यक्तिगत सहयोग उपलब्ध गराउनुपर्छ। सिकाइमा अगाडि रहेका विद्यार्थीलाई थप चुनौतीपूर्ण कार्य दिन सकिन्छ। यसले विद्यार्थीको विविध सिकाइ आवश्यकतालाई सम्बोधन गर्छ।

स्थानीय परिवेश र सामग्रीको प्रयोगबाट विद्यार्थीको सिकाइलाई उनीहरूको दैनिक जीवनसँग जोड्न स्थानीय सामग्री र समुदायका अनुभव प्रयोग गर्नुपर्छ। पात, ढुङ्गा, बियाँ, स्थानीय बजार, बगैँचा, घरायसी सामग्री र ’roundका सामाजिक तथा प्राकृतिक घटनाबाट सिकाइका प्रमाण सङ्कलन गर्न सकिन्छ। यसले मूल्याङ्कनलाई व्यवहारिक, अर्थपूर्ण र कम खर्चिलो बनाउँछ।

अभिभावकसँग प्रभावकारी सञ्चार मूल्याङ्कन प्रणाली सुधारको अर्को महत्वपूर्ण पहल बन्न सक्छ । अभिभावकलाई विद्यार्थीको अङ्क मात्र नभई सिकाइको प्रगति, सबल पक्ष, कठिनाइ र आगामी सहयोग’bout जानकारी दिनुपर्छ। पोर्टफोलियो प्रदर्शन, नियमित भेटघाट, छोटो प्रगति विवरण र विद्यार्थीका कार्यको प्रस्तुति उपयोगी माध्यम हुन सक्छन्। यसबाट घर र विद्यालयबीच सहकार्य बढ्छ तथा परीक्षामुखी अपेक्षालाई सिकाइकेन्द्रित दृष्टिकोणतर्फ लैजान सहयोग पुग्छ।

समावेशी र न्यायोचित मूल्याङ्कनका लागि भाषिक विविधता, अपाङ्गता, सामाजिक–आर्थिक अवस्था र सिकाइको फरक गतिलाई ध्यानमा राखेर मूल्याङ्कनका अवसर उपलब्ध गराउनुपर्छ। आवश्यकताअनुसार मौखिक उत्तर, चित्र, प्रदर्शन, अतिरिक्त समय वा उपयुक्त सहायक सामग्री प्रयोग गर्न सकिन्छ। मूल्याङ्कनको उद्देश्य सबैलाई एउटै तरिकाले जाँच्नु होइन, सम्बन्धित सिकाइ उपलब्धि हासिल गर्ने क्षमतालाई न्यायोचित रूपमा बुझ्नु हो।

मूल्याङ्कनसँगै अभिलेख व्यवस्थापन र नतिजाको उपयोग पनि महत्वपूर्ण पक्ष बन्न जान्छ । मूल्याङ्कन अभिलेख सरल, उपयोगी र निर्णय लिन सहयोग गर्ने खालको हुनुपर्छ। अनावश्यक कागजी कार्य बढाउनुको सट्टा सिकाइ उपलब्धि, प्रगति, कठिनाइ र सुधारका लागि अपनाइएका उपाय स्पष्ट देखिने अभिलेख राख्नुपर्छ। विद्यालय, स्थानीय तह र सम्बन्धित शैक्षिक निकायले अभिलेखको गुणस्तर मात्र होइन, त्यसका आधारमा शिक्षण सुधार भएको छ कि छैन भन्ने पक्षमा ध्यान दिनुपर्छ।

मूल्याङ्कनलाई व्यवस्थित र प्रभावकारी बनाउन विद्यालय र स्थानीय तहको जिम्मेवारी पनि उत्तिकै रहन्छ । विद्यालय नेतृत्वले शिक्षकलाई मूल्याङ्कन सञ्चालन गर्न आवश्यक समय, सामग्री र सहकार्यको अवसर उपलब्ध गराउनुपर्छ। स्थानीय तहले शिक्षकको क्षमता विकास, नमुना अभ्यासको आदानप्रदान, विद्यालयगत आवश्यकता पहिचान र प्राविधिक सहयोगलाई प्राथमिकता दिनुपर्छ। अनुगमनलाई त्रुटि खोज्ने प्रक्रियाभन्दा समस्या समाधान र सिकाइ सुधारमा सहयोग गर्ने प्रक्रियाका रूपमा विकास गर्न आवश्यक छ।

विद्यार्थीलाई मूल्याङ्कनका निष्क्रिय पात्रका रूपमा मात्र नलिई आफ्नै सिकाइ’bout सोच्न र प्रतिक्रिया दिन सक्ने सक्रिय सहभागी बनाउनुपर्छ। ‘आज मैले के सिकेँ?’, ‘मलाई के कठिन भयो?’ र ‘अब म के अभ्यास गर्छु?’ जस्ता सरल प्रश्नले आत्ममूल्याङ्कनको बानी विकास गर्न सक्छन्। साना बालबालिकाका लागि चित्र, सङ्केत, मौखिक प्रतिक्रिया र साथीबीच छलफलका माध्यम उपयोगी हुन्छन्।

निष्कर्ष
नेपालको विद्यालय शिक्षाको आधारभूत तह कक्षा १–५ को मूल्याङ्कन प्रणाली परम्परागत परीक्षा र नतिजामुखी अभ्यासबाट निरन्तर तथा सिकाइकेन्द्रित मूल्याङ्कनतर्फ उन्मुख भएको छ। निरन्तर विद्यार्थी मूल्याङ्कन र एकीकृत पाठ्यक्रमले बालबालिकाको समग्र विकास, नियमित प्रगति पहिचान र शिक्षण सुधारका लागि महत्त्वपूर्ण आधार प्रदान गरेका छन्। तथापि, नीतिगत व्यवस्था र कक्षाकोठाको व्यवहारबीचको अन्तर, शिक्षकको व्यावहारिक क्षमता, ठूलो कक्षा, सीमित स्रोतसाधन र परीक्षामुखी सामाजिक अपेक्षाले अपेक्षित उपलब्धिमा बाधा पुर्‍याएका छन्।

अबको मुख्य आवश्यकता मूल्याङ्कनका फाराम थप्नु वा परीक्षा हटाउनु मात्र होइन, मूल्याङ्कनबाट प्राप्त जानकारीलाई विद्यार्थीको वास्तविक सिकाइ सुधारमा उपयोग गर्नु हो। प्रत्येक विद्यार्थीले के सिक्यो, कहाँ कठिनाइ भयो र उसलाई अगाडि बढाउन कस्तो सहयोग आवश्यक छ भन्ने प्रश्न मूल्याङ्कनको केन्द्रमा रहनुपर्छ। यसका लागि स्पष्ट सिकाइ उद्देश्य, विविध मूल्याङ्कन विधि, प्रभावकारी प्रतिपुष्टि, उपचारात्मक शिक्षण, शिक्षकको निरन्तर पेसागत विकास, अभिभावकको सहभागिता र सहयोगी विद्यालय नेतृत्व आवश्यक छन्।

अन्ततः कक्षा १–५ को मूल्याङ्कन प्रणालीको सफलता विद्यार्थीको प्रगति अभिलेखमा देखिएको विवरणबाट मात्र मापन गर्नु हुँदैन। विद्यार्थीले पढ्न, लेख्न, गणना गर्न, प्रश्न सोध्न, आफ्ना विचार व्यक्त गर्न, अरूसँग सहकार्य गर्न र नयाँ परिस्थितिमा सिकेको ज्ञान प्रयोग गर्न कति प्रगति गरे भन्ने आधारमा यसको प्रभावकारिता मूल्याङ्कन गर्नुपर्छ। मूल्याङ्कनको वास्तविक उपलब्धि विद्यार्थीलाई कति अङ्क दिइयो भन्नेमा होइन, मूल्याङ्कनका कारण उसको सिकाइमा कति सुधार आयो भन्नेमा निहित हुन्छ।

तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)

epaper

ताजा समाचार

महेश श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गर्न सर्वोच्चको आदेश