काठमाडौं । सुदूरपश्चिम रोयल्स तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपिएल) को च्याम्पियन बनेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिम विजयी भएको हो ।
सुदूरपश्चिमको जितमा स्कटल्यान्डका ओपनर जर्ज मन्सेले अविजित १२५ रन बनाए । उनी एनपिएलमा शतक बनाउने छैटौं तथा व्यक्तिगत सर्वाधिक रन बनाउने पहिलो खेलाडी बने । यससँगै सुदूरले एक फाइनलसहित लगातार तीन भेटमा बेहारेको हारको बदला समेत लियो ।
टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५६ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा सुदूरपश्चिमले बिना विकेट गुमाउँदै १३.३ ओभरमा पहिलोपटक च्याम्पियन बन्यो ।
यसअघि मन्सेले आक्रमक ब्याटिङ गर्दै २८ बलमा पाँच चौका र ३ छक्कासहित अर्धसतक बनाएका थिए । तेस्रो एनपिएलमा तेस्रो खेल खेलेका उनको पहिलो अर्धसतक हो । यसअघि डेब्यु खेलमै लुम्बिनीविरुद्ध डक आउट तथा दोस्रो खेलमा चितवनविरुद्ध ८ रन मात्रै जोडेका थिए । ११औं ओभरमा जर्जले लुम्बिनीका कप्तान रोहितलाई दुई छक्कासहित १८ रन हिर्काएपछि खेल सुदूरको पक्षमा आएको थियो ।
ओपनिङ जोडी विनोद भण्डारीसँगै मन्सेले आक्रम ब्याटिङ गर्दै पावर प्लेमै ६० रन जोडेका थिए । विनोदले २७ बलमा तीन चौकासहित ३० रनको योगदान गरे ।
यसअघि पहिलो इनिङ्समा लुम्बिनीको लागि दिलिप नाथले सर्वाधिक अविजित ३९ रन बनाए । उनले ३१ बलमा तीन छक्का हिर्काएका थिए । दिलिप र अमेरिकी २३ वर्षीय अलराउन्डर अली शेखसँग पाँचौं विकेटको लागि ३३ रनको साझेदारी गरेका थिए । अलीले १२ बलमा समान दुई चौका र छक्कासहित २४ रन बनाए । यसअघि निरोशान डिकवेला र दिलिपले ३४ रनको साझेदारी गरेका थिए ।
कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३० रन बनाए । ३१ बलमा दुई चौका प्रहार गरेका रोहित रन आउट भएका थिए । श्रीलंकन ब्याटर निरोशान डिकवेलाले १७ बलमा २८ रन बनाए । १ चौका र २ छक्का हिर्काएका उनलाई श्रीलंकाकै थारिन्दु रत्नायेकेले बोल्ड गरेका हुन् । यसअघि ओपनर डार्सी सर्टले १८ बलमा चार चौकासहित २१ रनको योगदान गरेका थिए ।
अर्का ओपनर आसिफ शेख भने १ रन बनाएर आउट भएका थिए । छैटौं नम्बर क्रिजमा आएका सन्दीप जोरा मात्र ४ रन बनाएर आउट भए । सुदूरको लागि स्कट कुगुलेइनले २ तथा हेमन्त धामी, थारिन्दु रात्नायेके र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । अनिल खरेल र इशान पाण्डे विकेटविहीन भएका थिए ।
सम्बन्धित समाचार
दशौं राष्ट्रिय खेलकुद : भव्य स्वागतको तयारीमा कर्णाली
सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुने
एनपीएल: लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो
एनपिएलः पोखराद्वारा काठमाण्डुसामु २२५ रनको लक्ष्य
एनपीएल : सकियो लिग चरण, कुन टिमको खेल कस्तो रह्यो ?
काठमान्डुलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा, अब सुदूरपश्चिमसँग खेल्ने
एनपीएल: सुदूरपश्चिमले पायो १५६ रनको लक्ष्य






