सुनचाँदीको मूल्यमा आज पनि गिरावट, कतिमा भइराखेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आउने क्रम जारी छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, साताको पहिलो दिन आज आइतबार सुन तोलाको २ लाख ४२ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य शुक्रबारको भन्दा दुई हजार ८०० रुपैयाँले कम हो ।

गत शुक्रबार सुनको मूल्य तोलामै १२ हजार २०० रुपैयाँले घटेर दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज आइतबार चाँदी तोलाको ३ हजार ६५ रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य शुक्रबारको भन्दा ४५ रुपैयाँले कम हो । चाँदी शुक्रबार तीन हजार ११० रूपैयाँमा किनबेच भएको थियो । बिहीबार भने प्रतितोला तीन हजार ३३५ रूपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 299 times, 1 visits today)

epaper

ताजा समाचार

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात