जोमसोम । भारतको दुईदिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्ष, शालिग्राम र पशुपतिनाथको चन्दन उपहार दिए । उपहारमध्ये विशेष छ – शालिग्राम । भगवान् विष्णुको प्रतीक तथा स्वरूप मानिने शालिग्राम नेपालको कालिगण्डकी नदीमा मात्र पाइन्छ ।
मोदीलाई बालेनले दिएको शालिग्राम मुस्ताङ सदरमुकाम जोमसोमबाट लगिएको हो । गत भदौमा सञ्चारकर्मी सन्दिप शर्मा रिजाल र राजेन्द्रप्रकाश ढकालले मुस्ताङको जोमसोम नजिकै कालीगण्डकी नदी किनारमा घुम्दै गर्दा दसैँअघि उक्त शालिग्राम फेला पारेका थिए । अन्य शालिग्रामभन्दा फरक र विशेष आकृतिको देखिएपछि जोमसोममा व्यवसायसमेत गर्ने रिजालले त्यसलाई आफूसँगै सुरक्षित राखेका थिए ।
मोदीलाई उपहार के दिने भन्ने कार्तिक अन्तिमतिर प्रधानमन्त्रीको सचिवालयमा छलफल भइरहेको थियो । योबेला सडक बोर्डका कार्यकारी समिति सदस्य अरुणकुमार श्रेष्ठ मुस्ताङ भ्रमणमा थिए । प्रधानमन्त्रीको सचिवालयले शालिग्राम ल्याउन श्रेष्ठलाई जिम्मा दियो । त्यसपछि श्रेष्ठले रिजाललाई सम्पर्क गरी शालिग्राम आवश्यक परेको बताए ।
रिजालले आफूसँग विशेष प्रकृतिको एउटा शालिग्राम रहेको जानकारी गराउँदै उक्त शालिग्राम देखाए । शालिग्रामको आकृति र विशेषता’bout जानकारी पाएपछि प्रधानमन्त्री कार्यालयबाटै त्यसलाई माग गरिएको थियो ।श्रेष्ठले बालेनको भ्रमणभन्दा पाँच दिनअघि मुस्ताङबाट शालिग्राम काठमाडौँ ल्याए ।
प्रधानमन्त्री कार्यालयमा पठाउनुअघि रिजालले उक्त शालिग्रामको धार्मिक तथा आध्यात्मिक विशेषता’bout जानकार धर्मगुरुहरूसँग समेत परामर्श गरेका थिए ।
उक्त शालिग्राममा गणेश, शिव, विष्णु, वराह, मुक्तिनाथ मन्दिरमा स्थापित मूर्तिको स्वरूपसहित अर्धनारीश्वरलगायत सातभन्दा बढी देवीदेवताका आकृति देखिने बताइएको छ । यसका साथै शालिग्राममा छवटा चक्रसमेत स्पष्ट देखिन्छन् ।
सामान्यतया गोलाकार स्वरूपमा पाइने शालिग्रामभन्दा यो शालिग्रामको बनावट फरकछ । हेर्दा नै मूर्तिको आकृतिजस्तो देखिने यस शालिग्राममा विभिन्न देवीदेवताका स्वरूप प्राकृतिक रूपमा कुँदिएजस्तै देखिन्छन् । शालिग्रामसम्बन्धी जानकारी राख्ने धर्मगुरुहरूले समेत यसको बनावटलाई विशेष र दिव्य प्रकृतिको बताएका थिए । उनीहरूका अनुसार कुनै भाग अखण्ड र यति धेरै देवीदेवताका स्वरूप एउटै शालिग्राममा देखिनु दुर्लभ विशेषता हो । शालिग्रामको छनोटमा सक्रिय पाण्डित बालकृष्ण शर्माले दिब्य प्रकृतिको शालिग्राम निकै मुस्किलले भेटिने बताए। यस्तो शालिग्रामलाई सेवा गर्ने अवसर भाग्यमानीलाइ मात्र प्राप्त हुने उनको भनाइ छ ।
अन्ततः कालीगण्डकीको किनारमा संयोगवश भेटिएको एउटा विशेष शालिग्राम नेपालका प्रधानमन्त्रीको भारत भ्रमणमा उपहारका रूपमा पुगेको छ ।
सम्बन्धित समाचार
मधेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत
दुई पूर्वमन्त्रीसहित ६ जनालाई ४ दिन हिरासतमा राख्न अनुमति
जिल्ला समन्वय समिति प्रमुखसहित खोटाङका ८ जनप्रतिनिधि पदमुक्त
बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दै
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय
ओलीको आरोप–‘डरपोक राष्ट्रपतिले असंवैधानिक ढंगले संसद विघटन गरेर बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो’
२५ घन्टाका लागि विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधामन्त्री
बालेनले दिए भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो






