राजविराज । प्रेस स्वतन्त्रता जोगाउन तथा प्रेस प्रति सकारकारको अनुदार व्यवहार बन्द गर्न लगायतका माँग सहित सप्तरीका पत्रकारहरुले बुधवार सप्तरी सदरमुकाम राजविराजमा प्रर्दशन सहित जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिएका छन ।
“सामुहिक गिरफ्तार गर” तथा प्रेस स्वतन्त्रताको पक्षमा लेखिएको विभिन्न नारा सहितको ब्यानर लिएर सप्तरी पत्रकार महासंघको अगुवाईमा पुगेको पत्रकारहरुको टोलीले जिल्ला प्रशासन कार्यालयको मूलगेट मै एक घण्टा धर्ना बसेका हुन ।
पत्रकार महासंघ सप्तरीका सभापती श्रवण कुमार देवले देशै भरका पत्रकारहरुले आन्दोलन थालेको जानकारी दिए । पत्रकारहरुले लामो समयदेखी पाउदै आएको सुविधा कटौती गरेको, संसदलाई छलेर अध्यादेश मार्फत प्रेस विरोधी गतिबीधी गर्ने गरेको, संचारकर्मीको मुख थुन्ने काम गरेको, प्रेस तथा अभिब्यक्ती स्वतन्त्रता खोस्ने लगायतका काम हुदै आएकाले विरोधमा उत्रिनु परेको सभापति देवको भनाई छ ।
प्रेस स्वतन्त्रतामाथीको हस्तक्षेप, पत्रकार घडपकड, श्रमजीवी पत्रकारको निस्काशन लगायतका विरोधमा आयोजित धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सभापती, विभिन्न संचारमाध्यमका प्रकाशक÷सम्पादक, प्रेस युनियन, प्रेस चौतारी, प्रेस संगठन, प्रेस मञ्च लगायत संगठनका आबद्ध पत्रकाहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार
मधेशका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने
वीरगञ्ज कारागारबाट पर्खाल नाघेर फरार कैदी पाँच घण्टामै भारतबाट पक्राउ
वीरगन्ज कारागारबाट फरार तुरहा पक्राऊ
महँगी र कालोबजारीविरुद्ध आजपा आक्रामक
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही एक लाख राहत
घडिअर्वा पोखरीको छठ पूजा (फोटोफिचर)
मधेशका मुख्यमन्त्री यादवले लिए शपथ
उपधारा (३) बमोजिम मुख्यमन्त्री बनेका यादवले भने : सर्वदलीय सरकार बनाउँछु






