काठमाडौँ । वीरगञ्ज कारागारबाट पर्खाल नाघेर फरार भएका एक कैदीलाई प्रहरीले पाँच घण्टाभित्रै भारतबाट पक्राउ गरेको छ।
बिहीबार बिहान कारागारबाट भागेका सुनिल साह तुरहालाई विशेष प्रहरी टोलीले भारतको आदापुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पर्साको पोखरिया क्षेत्रका तुरहा जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई विगत ११ वर्षदेखि वीरगञ्ज कारागारमा कैद सजाय भोग्दै आएका थिए।
प्रहरीका अनुसार उनी बिहान कारागारको पर्खाल नाघेर फरार भएका थिए। फरार भएको जानकारी पाएलगत्तै खोजीमा परिचालित विशेष टोलीले भारतीय सीमावर्ती क्षेत्रमा पुगेर उनलाई नियन्त्रणमा लिएको हो।
तपाइको प्रतिक्रिया
(Visited 3 times, 1 visits today)
सम्बन्धित समाचार
बिद्यालयको छानामा ताप परावर्तक रङ र इन्सुलेसन जडान
बारामा गोली चल्दा पासवान घाइते
फेटा घटनाका घाइते आदित्यलाई थप उपचारका काठमाडौं लगियो
४ दिनदेखि किशोरी बेपता
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
जनचेतना अभियानको सामाजिक परीक्षण
तिहारको मुखमा मण्डल परिवार शोकमा डुब्यो
३६ वर्षदेखि परम्परालाई निरन्तरता






