हिन्दू नारी र तीज पर्व

तीजको लहर आयो बरी लै: तीज पर्व हिन्दू नारीले मनाउने प्रमुख पर्वको रूपमा विकास हुँदै आइरहेको छ । व्गितका वर्षमा झैं यस वर्षको तीज हर्ष एवं उल्लासका साथ मनाउन सहरिया आमा दिदीबहिनी साउन महिनाको आगमनसँगै छिमेकी राष्ट्र भारतबाट विकसित संस्कृतिको अनुसरण गर्दै हातमा मेहन्दी र हरिया चुरा, हरिया वस्त्र तथा आभूषणको पहिरन गरी तीज पर्वलाई निरन्तरता दिँदै धार्मिक तथा स्वास्थ्यसँग पनि आबद्ध गराउँदै आएको देख्न सकिन्छ ।
गाउँघरमा रहने महिलावर्ग मानु रोपी मुरी उब्जाउने गतिविधिमा तल्लिन रहनुभएको छ, देशमा मनसुनी प्रभावबाट विपदका घटनाहरू बाढी तथा पहिरोको कारण कतिपय महिलावर्ग घरबारविहीन भएका छन्, कोही अपांग बनेका छन् भने कसैले ज्यानै गुमाउनुपरेको अवस्था सिर्जना भएको छ, यस्तो अवस्थामा यसपालिको तीजले सबै महिलावर्गलाई समान रूपले हर्ष प्रदान गरी तीजको उत्सव मनाउने अवसर उपलब्ध गराउन सक्ने छैन ।

हिन्दू नारी परम्परा र धर्मको संरक्षणमा अग्रस्थानमा रहेका छन् । शौभाग्यका राता र आभूषणका पहेला धातु प्रयोग गर्दै साथीका माझ वर्षभरिका सुखदुःखका भावना गीतको माध्यमबाट अभिव्यक्त गर्दै भविष्य रचनात्मक बनाउन तीज पर्वलाई माध्यम बनाउने प्रयास गर्दछन् ।

पौराणिक कालमा पार्वतीले आफूलाई मन परेको वर महादेवलाई पाउनका लागि आमाबुबालाई थाहै नदिई घरबाट भागेर साथीसँग जंगलमा लुकेर पानीसमेत नखाई निराहार भई शिवको आराधना गर्दै कठोर व्रत बसी हरितालिकाको दिन मन परेको वर प्राप्त गरेर महादेवसँग विवाह भएकाले विवाहित हिन्दू नारीले सोही प्रक्रिया अनुसरण गर्दै आआफ्ना श्रीमान्को आयु वृद्धि र परिवारिक सुख र समृद्धिको कामना गर्दै हरेक वर्षको भदौ महिनामा पर्ने तीज पर्वका तृतीयाका दिन निराहार व्रत बस्ने गर्दछन् ।

तीजकै अंगको रूपमा ऋषिपञ्चमीका दिन वर्षभरिको रजस्वला अवधिमा भएका छोइछाइउपर क्षमायाचना गर्दै ३ सय ६५ वटा दतिउन टोकेर दाँत माझ्दै माटो लेपन गरी नुहाउने व्रत गरेर उत्सवको रूपमा तीज पर्व मनाउने गर्दछन् ।
अविवाहित केटीहरूले पनि पार्वतीले झैं आफ्नो मनले रोजेको स्वभाव र असल चरित्र भएको हेन्डसम केटासँग दामपत्य जीवनको परिकल्पना गर्दै तीजको व्रत बस्ने आडम्बरलाई अनुसरण गर्दै आइरहेका छन् । पार्वतीले घरबाट भागेर बाह्य परिवेशमा स्वामी पाएझंै आवेगमा आएर अनुसरण बढ्दै गयो भने हाम्रो सामाजिक संस्कार र पारिवारिक मर्यादामा आँच आउन सक्ने भय बढ्दै जानेछ ।

धार्मिक रूपले बसेको व्रतबाट एकदिन आमासयलाई आराम दिएर पाचनप्रणाली मजबुत बनी शारीरिक स्वास्थ्य ठीक बनाउने ध्येय पनि लुकेको छ भने बाल्यावस्थाका साथी, दिदीबहिनी तीजको अवसरमा आफ्नै गाउँघरमा जम्मा भई पुनः मिलन गराई सुखदुःख साट्ने अवसर तीजले प्रदान गर्दछ भने माइती र चेलीको सम्बन्धलाई झनै गाढा बनाइदिन्छ ।
तीज पर्वको पर्यायवाची दर खाने शब्दले विविध क्षेत्रमा एकरूपता दिएको छ तर पनि सहरका महल र पार्टी प्यालेसमा आयोजना हुने दर, भोज र ग्रामीण क्षेत्रका बस्तीहरूमा छाक टार्दै पेट भर्ने परिकारको स्तर र प्रकार अनि सहरका महिलाले लगाउने आभूषण र तडकभडक र ग्रामीण समाजका महिलाको पहिरण तुलना गर्ने हो भने महिलावर्ग बीच विभेद र ग्लानी सिर्जना गराउँछ । यसै अवसरमा भने पदीय दुरुपयोगलाई प्रोत्साहन मिल्न गई सदाचारमा आघात पुग्ने भय सिर्जना हुनेछ ।

तीजको बहाना बनाएर सहरिया नवधनाढ्यबाट महिना दिनदेखि पार्टी प्यालेसमा आयोजना गरी दर खाने र खुवाउने चलन राम्रो होइन

दरको महŒव: हाम्रो देश कृषिप्रधान तथा ग्रामीण अर्थतन्त्र सञ्चालित मुलुक भएकाले विवाह गरेर घरमा पठाएका चेलीलाई दाजुभाइ वा बुबाले छोरीका सासुससूरासँग अनुमति मागेर पठाइदिए भने माइती घरमा छोरी चेलीलाई तीजको प्रथम दिन दर खुवाएर भोलिपल्टको हरितालिका तीजको निराहार व्रत बस्न आवश्यक शक्ति आर्जन गर्न दूधबाट बनेका परिकार खीर, ढकने, सेल रोटी, दूध, दही र घीउसँग मुछेर भात खाने, स्थानीय उत्पादित अर्गानिक आलुको कवाफ र झुरुमझुरुम बनाई साँझमा छोरी चेलीसँगै बसेर स्वादले खाने, केही घण्टा सुतेर १२ बजे आसपासमा राति खीर वा ढकनेसँग आलुको कवाफ खाएर सुत्ने सनातनदेखिको चलनलाई दर खाने भनिन्छ । दर केवल तीजको दर खाने दिनमा मात्र माइतीले छोरीचेलीलाई दूधबाट बनेका स्वादिष्ट परिकार खुवाउने हँुदा यसको पौराणिक महŒव रहेको छ ।

मानो रोपेर मुरी अन्न उत्पादन गर्ने समयमा आउने यस तीज पर्वले छोरीलाई माइतमा बोलाएर चेलीको सेवा टहल साथ दर खुवाउने तर माइत जान सम्भव नभएका त्यही घरका बुहारी खेती पाती र घाँसपातको काम गर्नुपर्दा कुनै ठाउँ र समयमा छोरीबुहारीमा रेखा निर्माण भई मनमुटाव बढ्न सक्ला कि ?

उत्पादन र पुनर्उत्पादनमा लगानी गरी रोजगारी र आय बढाई कोरोना र बाढीपहिरोले सिर्जना गरेको असर कम गर्नुपर्ने समयमा धनी महिलावर्गबाट लाखौंलाख खर्च गरेर आभूषण खरिद गरी लकरमा थन्काउने लिक्विड मनीलाई अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने काममा लगानी गर्नु आवश्यक ठानिन्छ ।

सौभाग्य वृद्धिको कामनासाथ शिवपूजन गरी पुण्यलोक प्राप्तिका लागि निराहार व्रत बस्ने महिलावर्ग र धर्म अफिम हो भनी समाज र संस्कृतिको रूपान्तरण गरी आदर्श समाज निर्माणमा लागेका माक्र्सवादी महिलावर्गको बीचमा सहकार्य मिल्ने उपाय बढाउन तीज पर्व माध्यम बन्न सक्नुपर्दछ ।

उल्लासमा हौसिएर अपाच्य हुने परिकारको उपयोगमा मितव्ययी गरी बाढी पहिरो र कोरना प्रभावित खाद्य अभाव भएका महिला तथा नागरिकवर्गमा यसपालिको तीज सहयोगी बन्न सक्नुपर्दछ ।

चार दिवसीय हरितालिका तीजको बाहना बनाएर सहरीया नवधनाढ्यबाट महिना दिन अगाडिदेखि पार्टी प्यालेसमा आयोजना हुने दर खाने र खुवाउने ढर्रामा कोभिड–१९ को संक्रमणको कारण हुँदा खाने मध्यमवर्गलाई देखासिकी गर्दै बाध्य भएर आयोजना गर्नुपर्ने अग्रिम दर पार्टी दिनु नपर्दा २०७७ सालको तीजमा राहत पुगेको महसुस भएको छ भने कोभिड–१९ को कारण अग्रिम दर पार्टीमा परिवर्तन आएको छ ।

समाज अध्ययनको सिलसिलामा प्रसिद्ध विद्वान् मेरी डगलस र लिन बेनेटसमेतले हिन्दू तथा पितृसत्तात्मक समाजमा रजस्वला हुनुभन्दा अगाडि छोरीलाई शुद्ध मानी पूजा गरिन्छ तर त्यही छोरी रजस्वला भएपछि अशुद्ध भई छोइछिटो गर्ने प्रचलनको दोहोरो मापदण्डको विश्लेषण गरेअनुसार नै हाम्रो तीज पर्वको ऋषिपञ्चमीको दिनमा आमा, दिदी, बहिनीबाट आफ्नो शारीरिक प्रक्रियाअनुसार मासिकस्राव हुँदाको समयमा अन्जानमा भएको छोइछिटोको ग्लानीबाट पार पाउन भनी गर्ने व्रत र ३ सय ६५ दत्तिउनलाई दाँतले चपाउँदै शरीरमा माटो लेपन गरेर तलाउ पोखरी खोला तथा नदीको धमिलो पानीमा नुहाउँदा पुण्यभन्दा छालाजन्य रोग बढाउन मद्दत पुग्ने भएकाले विज्ञान, स्वास्थ्यकर्मी तथा डाक्टरको ज्ञान, राय र सुझावअनुसार आचरण र व्यवहार अनुसरण गर्न यस वर्षको तीज पर्वले धारणामा सकारात्मक परिवर्तन ल्याउन सकोस् । सबैमा शुभ कामना ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

केही समय बसेर सकियो कार्यदलको बैठक

कुरी-कुरी