सप्तरीको बाढी प्रभावित क्षेत्रको निरिक्षण

सप्तरी, राजविराज । राष्ट्रिय सभाका सदस्य शेखरकुमार सिंह बर्सेनी बाढीजन्य प्रकोपको कारण सप्तरीबासीले भोग्दै आएको पीडालाई सम्बोधन गराउने उद्देश्यले स्थलगत अवलोकन निरीक्षण अभियान सञ्चालन गरेका छन् ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समन्वय समितिका सदस्य समेत रहेका सांसद सिंहले सप्तरीको सप्तकोशी नगरपालिकामा त्रियुगा, मयुरनी, बन्द्राहा, अमहा, गंगाजलीलगायतका दर्जन बढी नदीहरुको कारण बर्सेनी बाढी तथा कटान हुँदै आएकोले यसको व्यवस्थापनको लागि आफूले स्थलगत अध्ययन सुरु गरेको बताएका छन् ।

सप्तकोशी नगरपालिकाको विभिन्न नदी खोलाका कारण हुँदै आएको समस्याप्रति सांसद सिंहसहितको एक टोलीले स्थलगत निरिक्षण तथा अवलोकन सुरु गरेको हो । उक्त टोली जिल्लामा बाढीबाट प्रभावित हुने अन्य क्षेत्रहरुमा समेत निरिक्षण गर्ने बताइएको छ ।

सो क्रममा राष्ट्रिय सभा सदस्य सांसद शेखरकुमार सिंहले कोशी क्षेत्रको जनताको पीडालाई आफूले संसदमा उठाउँदै आएको र अझबलियो ढंगले प्रस्तुत गरी सम्बोधन गराउन स्थलगत अवलोकन निरीक्षण अभियान सञ्चालन गरिएको जानकारी दिए ।

सप्तकोशी नदीको बाढीका कारण उत्पन्न समस्याको समयमै भारत सरकारबाट सम्बोधन हुनुपर्ने जिकीर गर्दै सांसद सिंहले भारतको कुनौलीदेखि उदयपुरको बेलकानगरपालिका सम्मको कोशीको पश्चिमी तटबन्धलाई मजबुत पार्नुपर्ने आवश्यकता माथि जोड दिए । यस बिषयमा आफू राष्ट्रिय सरोकार समन्वय समिति र राष्ट्रिय सभामा समेत जोडदार ढंगले उठाउने उनले विश्वास दिलाए ।

कोशी नदीको बाढीका कारण पनि सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका प्रभावित बन्दै आएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिका बासिन्दा महुली खोलाको कारण प्रत्येक वर्ष पीडित बन्दै आएका छन् । महुली खोलाले कटान गरेको क्षेत्रको समेत साँसद सिंह तथा पूर्व साँसद सूर्यनाथ प्रसाद यादवसहितको टोलीले अवलोकन गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 275 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लालबन्दीको मेयर उपमेयर दुबै पदमा काँग्रेस उम्मेदवार विजयी