कोलकताविरुद्ध मुम्बई इन्डियन्सको सहज जीत

दुबई । आईपीएल क्रिकेटअन्तर्गत गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध मुम्बइ इन्डियनले सहज जीत निकालेको छ । रोहित शर्माले कप्तानी पारी खेलेपछि मुम्बइका लागि ४९ रनको फराकिलो जीत सम्भव भएको हो । उनले ६ छक्का र ३ चौकाको सहयोगमा ५४ बलमा ८० रन जोडे । तेस्रो क्रममा आएका ब्याट्सम्यान सूर्यकुमार यादवले ४७ रनको योगदान दिँदा निर्धारित ओभरमा मुम्बइको स्कोर १ सय ९५ पुग्यो ।

कोलकताका लागि शिवम् माभीले २ तथा सुनिल नारायण र आन्द्रे रासलले १–१ विकेट लिए ।

१ सय ९६ को विजय लक्ष्य लिएर मैदानमा निस्केको कोलकताले ओभर सकिँदा ९ विकेटको क्षतिमा १ सय ४६ रन मात्र जोड्न सक्यो । कोलकताका लागि मध्यक्रमका ब्याट्सम्यान पेट कुमिनसले १२ बलमा ३३ रन, कप्तान दिनेश कार्तिकले ३० तथा नितेश रानाले २४ रन बनाउनुबाहेक अरु खेलाडीले सन्तोषजनक खेल प्रदर्शन गर्न सकेनन् ।

मुम्बइका लागि टेन्ट बोल्ड, जेम्स पिटरसन, जसप्रित भुम्रा, राहुल चाहरले २–२ विकेट लिए ।

आज साँझ ७ः४५ मा दुबइको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा किंग्स इलेभेन पञ्जाबरोयल च्यालेन्जर बंगलोर भिड्ने छन् । यो आइपीएलको छैटौं खेल हो ।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग