काेराेना नियन्त्रणका लागि सहकार्यका साथ अघि बढन युवा संघकाे अपिल

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा अपिल गरेको छ ।

संघका अध्यक्ष नरेश शाहीले आज एक बिज्ञप्ती जारी गर्दै यस्तो यस्तो अपिल गरेका छन् । युवा संघ नेपाल (तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपाल) स्थापना भएको आज ३१ बर्ष पुगेको शुभ अवसरमा शुभकामना मन्तव्य जारी गर्दै शाहीले सम्पुर्ण युवाहरुमा एकजुट भएर कोरोना भाइरसको नियन्त्रण तथा न्यूनिकरण अभियानमा जुटन आग्रह गरेका छन् ।

‘कोरोना भाइरसको नियन्त्रण तथा न्यूनिकरण अभियानमा हातेमालो गर्दै सहकार्यका साथ अगाडि बढ्न सम्पुर्ण युवाहरुमा अपिल गर्दछु । फेरि पनि, युवा दिवसको सन्दर्भमा कोभिड १९ सँगको संघर्षमा सम्पुर्ण युवाहरु जुटन र यस कार्यमा पुर्ण सफलता मिलोस भन्ने शुभकामना ब्यक्त गर्दछु’ अध्यक्ष शाहीद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

अग्रगमन, न्यायिक समाजको स्थापना र सामाजिक परिवर्तनको लागि स्थापना भएको युवा संघ नेपालको स्थापना भएको दिन जेठ १ गते नेपाली युवा आन्दोलनको महत्वपुर्ण दिन रहेको उनले जनाएका छन् । नेपालको युवा आन्दोलन, सामाजिक आन्दोलन र राजनैतिक आन्दोलनमा युवा संघ नेपालको नेतृत्वदायि भुमिका रहदै आएको स्मरण शाहीले गरेका छन् ।

‘अहिले विश्व मानव समुदायले कोभिड–१९ को महामारीसँग संघर्ष गरिरहेको छ । यो संकटमा धेरै संक्रमित भएका छन्, कयौंले ज्यान गुमाउनु परेको छ । कोभिड १९ को असरले कयौं श्रमिकहरुले रोजगारी गुमाउनु परेको छ । राष्ट्रहरूले ठुलो आर्थिक क्षति बेहोर्नु परेको छ’ शाहीले भनेका छन्, ‘कोभिड १९ ले ज्यान गुमाउनु भएका प्रति हार्दिक श्रद्धाञ्जली एवं कोभिड १९ को संक्रमण भइ उपचारमा रहनुभएका सम्पुर्ण बिरामिको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । यस समयमा रोजगारी गुमाउनु भएकाको लागि कामको सुनिश्चित गर्न सम्बन्धित सरोकारवाला पक्ष सँग माग गर्दछौं ।’

कोभिड–१९ को असरबाट सम्पुर्ण युवा समुदायले विभिन्न शारीरिक, मानसिक, आर्थिक, सामाजिक र राजनैतिक समस्याहरूसंग संघर्ष गरिरहनुपरेको उल्लखे गर्दै उनले यी समस्याहरूसंग जुध्दै आफु, आफ्नो परिवार, समाज, राष्ट्र र समग्र मानव समुदायलाई कोभिड–१९ बाट सुरक्षित राख्नु पर्ने जिम्मेवारी युवाको काँधमा आएको जनाएका छन् । अहिलेको संकटको घडीमा आ–आफ्नो क्षेत्रवाट कोभिड–१९ को असरबाट मानव समुदायलाई सुरक्षित राख्न कृयासिल सम्पुर्ण युवाहरुमा शाहीले धन्यवाद व्यक्त गरेका छन् ।

युवा संघ नेपाल पनि यस अभियानमा सुरूवातको अवस्था देखि नै कृयासिल रहदै आएको छ । पिडितहरूको उद्धरण, आईसोलेसन केन्द्रहरूको संचालन, सुरक्षा सामग्रीहरूको वितरण, खाद्यान्न वितरण, शव व्यवस्थापन, एम्बुलेन्स सेवा संचालन, सरकारी निकायहरूलाई स्वयम्सेवी सेवा प्रदान, रक्तदान लगायतका कार्यमा युवा संघ नेपाल कृयासिल रहदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 180 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अख्तियार प्रमुख राई आफैंले गरेको निर्णय देखेनन्

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?